नेपालले उचाल्यो एएफसी सोलिडारिटी कप फुटबलको उपाधि

नेपालले उचाल्यो एएफसी सोलिडारिटी कप फुटबलको उपाधि

काठमाडौं: मकाउलाई हराउँदै नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि उचालेको छ।  मलेसियाको कुचिङस्थित नेगेरी स्टेडियममा मंगलबार साँझ भएको खेलमा फिफा बरियतामा १० स्थान तल रहको मकाउलाई १-० गोल अन्तरले हराउँदै नेपालले उपाधि उचालेको हो। योसँगै नेपालले अन्तर्राष्ट्रिय उपाधिमा ह्याट्रिक गरेको छ।

नेपालका लागि खेलको ३० औं मिनेटमा सुजल श्रेष्ठले गरेको गोल नै निर्णायक बन्यो। भरत खबासले मिलाएको उत्कृष्ट पासमा सुजलले लोभलाग्दो हेडर गोल गरेका थिए।

कुल सात टोली सम्मिलित एएफसी सोलिडारिटी कपमा नेपाल लाओसलाई टाइब्रेकरमा ३-० गोल अन्तरले हराउँदै मकाउसँगको भेट पक्का गरेको थियो।

कुल सात टोली सम्मिलित एएफसी सोलिडारिटी कपमा नेपाल र मकाउ दुवै अपरातित रहँदै फाइनलमा पुगेका थिए । तीन टोली सम्मिलित समूहगत चरणको खेलमा नेपाल समूह ‘ए’ को विजेता बनेको थियो । मकाउ समूह ‘बी’ को विजेता टोली हो ।

सेमिफाइनलमा नेपालले लाओसलाई टाइब्रेकरमा ३–० गोलले हराउँदै फाइनलको यात्रा तय गरेको थियो । मकाउले भने सेमिफाइनलमा ब्रुनाईलाई ४–३ गोलले हराएर फाइनलमा नेपालसँगको भेट पक्का गरेको थियो ।

नेपालले समूहगत चरणको पहिलो खेलमा टिमोर लिस्टेसँग गोलरहित बराबरी खेले पनि दोस्रो खेलमा ब्रुनाईलाई ३–० गोलले हराउँदै विजेताका रूपमा सेमिफाइनलमा पुगेको हो ।

नेपाल र मकाउको प्रतिस्पर्धाको इतिहास

नेपाल र मकाउबीच यसअघि भएका भिडन्तमा पनि नेपाल बलियो अवस्थामा थियो । नेपालले मकाउसँग खेलेका पाँच खेलमध्ये नेपालको पक्षमा तीन जित, एक बराबरी र एक हारको नतिजा छ । पछिल्लो पटक आठ वर्षअघि सन् २००८ मा खेलिएको मैत्रीपूर्ण खेलमा नेपालले मकाउलाई ३–२ गोलले पराजित गरेको थियो ।

त्यसअघि सन् १९९७ को विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा नेपाल मकाउसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा नेपाल मकाउसँग २–१ गोलले पराजित भएको थियो ।

त्यसपछि सन् २००१ मा खेलिएको विश्व कप छनोटको पहिलो खेलमा नेपालले मकाउलाई ४–१ गोलले हराएको थियो । दोस्रो खेलमा पनि नेपालले मकाउलाई ६–१ गोलको फराकिलोअन्तरले हराएको थियो । त्यतिबेला पहिलो खेलमा दुई गोल गरेका नीराजन रायमाझीले दोस्रो खेलमा ह्याट्रिक गरेका थिए ।

बालगोपाल महर्जनले दुवै खेलमा एकएक गोल गरेका थिए । हरि खड्काले पहिलो खेलका एक गोल गरेका थिए भने वसन्त थापा र दीपक लामाले दोस्रो खेलमा एकएक गोल गरेका थिए । फिफा वरीयतामा पनि नेपाल मकाउभन्दा १० स्थान माथि छ । नेपालले आजको जितसँगै पहिलो पटक ठूलो अन्तराष्ट्रिय उपाधि उचालेको छ ।

भिडियाे  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.