माओवादीका निलम्बित सांसद् ल्यारक्याल लामालाई सफाइ
काठमाडौंः विशेष अदालतले अकुत सम्पत्ती आर्जन गरेको अभियोग लगाइएका माओवादी केन्द्रका निलम्बित सांसद ल्यारक्याल लामालाई मंगलबार विशेष अदालतले सफाइ दिएको छ ।
लामाको २९ करोड ७९ लाख रुपैयाँ बराबर कुल सम्पत्तिमध्ये ९ करोड ४४ लाख ७२ हजार रुपैयाँ बराबर सम्पत्ति अबैध देखिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बर्ष भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
‘निजले पेश गरेके सम्पत्तिका सम्बन्धमा प्राप्त प्रमाण केलाई हेर्दा निजको आय स्रोत व्यय भन्दा बढी देखिन आएको र निजको सो स्रोतलाई मिशिल संलग्न कागज प्रमाणबाट अन्यथा भन्न मिल्ने आधार नदेखिएकोले निजले अवैध स्रोतबाट सम्पत्ति आर्जन गरेका रहेछन् भन्ने अवस्था नदेखिँदा अभियोगबाट सफाई पाउने ठहर्छ,’ विशेष अदालतको फैसलामा उल्लेख छ ।
विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई, न्यायाधीश प्रभा बस्नेत र महेश प्रसाद पुडासैनीको इजलासको फैसलाले लामालाई सफाइ दिएको हो ।