अनुमतिबिना हिमाल चढ्दा ३३ हजार डलर जरिवाना

अनुमतिबिना हिमाल चढ्दा ३३ हजार डलर जरिवाना

काठमाडौं: सरकारले आरोहणका लागि खुला नगरेका हिमालमा अमेरिकी नागरिक सेन ब्रुचले आरोहण गरेका छन् । ब्रुचले नेपालका विभिन्न ३१ वटा हिमाल २१ दिनमै आरोहण गरेको दाबी गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार अमेरिकी नागरिकले आरोहण दाबी गरेका हुम्ला जिल्लाका तीन हिमालमध्ये एउटाको आरोहण नै खुला भएको छैन । उनको यो आरोहण गैरकानुनी हो ।

ब्रुचले हुम्ला जिल्लामा रहेको हालसम्म नै मानव पाइला नपरेको चण्डी हिमाल (६१४२ मि), चाङ्ला हिमाल (६५६३ मि) को आरोहण गरेको दाबी गरेका छन् । यस बाहेक हुम्ला भ्याली रिजनको काङ्गुँ हिमाल आरोहण गरेको दाबी गरेका छन् । मन्त्रालयका अनुसार यो हिमाल आरोहणका लागि खुला नै भएको छैन । ब्रुचले आरोहण दाबी गरेको अन्य दुई हिमाल पनि ६ हजार मिटर माथिका छन् ।

मन्त्रालयका अनुसार ६ हजार मिटर माथिका हिमालमा जाँदा अनिवार्य रूपमा अनुमति लिनुपर्छ । यी हिमालमा पर्यटन मन्त्रालयको अनुमति बिना नेपाली मात्रै चढ्न पाउँछन् भने विदेशीले आरोहण गर्न चाहेमा तीन जना नेपाली अनिवार्य लैजानुपर्छ । विदेशीले आरोहण अनुमतिसहति गार्वेज डिपोटिज, नेपाली कामदारको बिमा, हिमाल आरोहण जाँदा आवश्यक पर्ने सबै प्रक्रिया पूरा गर्नुपर्ने भए पनि ती अमेरीकी नागरिकले कुनै पनि प्रक्रिया पूरा गरेका छैनन् । सुदूरपश्चिम र मध्यपश्चिमका हिमाल आरोहण गर्न सरकारले पाँच वर्षका निम्ति अनुमति शुल्क मिनाहा गरेको भए पनि आरोहण अनुमति भने अनिवार्य भएको मन्त्रालयको भनाइ छ ।

नेपालमा १३ सय १० हिमाल रहेको भए पनि सरकारले भने चार सय १४ वटाको मात्रै आरोहणका लागि अनुमति दिने गरेको छ । सरकारले आरोहण खुला नगरेको हिमाल आरोहण गर्ने नपाइने पर्यटन मन्त्रालयको भनाइ छ । अनुमति बिनाका हिमाल आरोहण गरेका ती अमेरिकी नागरिकलाई पर्यटन ऐन २०३५ को दफा ३८ बमोजिम ३३ हजार डलर नगदसिहत कारबाही हुने भएको छ ।

यो ऐनमा भएको व्यवस्थाअनुसार नेपाल सरकारले आरोहणका लागि खुला नगरेको हिमाल आरोहण गरेमा सर्वोच्च शिखर आरोहणमा लाग्ने दस्तुरको तीन गुणा शुल्क जरिबानावापत दिर्नुपर्छ । सर्वोच्च शिखर सगरमाथाको आरोहण अनुमति शुल्क ११ हजार डलर रहेकोले कम्तीमा ३३ हजार डलर शुल्क जरिबाना लाग्ने मन्त्रालयको भनाइ छ ।

२१ दिनमा ३१ हिमाल आरोहण गरेर विश्व कीर्तिमान राखेको दाबी गर्दै हिडेका ब्रुच द नेपाल ट्रस्टमार्फत आरोहणमा गएका हुन् । ट्रस्टले भने उनको दाबीलाई आधिकारिकता दिन प्रयास भइरहेको बताएको छ । उनले एउटा हिमालको नाम भने आफ्नै हजुरआमाको नामबाट नामाकरण गरेको दाबी गरेका छन् । ब्रुच मंगलबार नै अमेरिका फर्किएको नेपाल ट्रस्टको भनाइ छ ।

सरकारले आरोहण खुला नगरेको हिमाल चढेको, एजेन्सी बिना गएको, नेपाली अनिवार्य जानुपर्नेमा नलगेको, पदयात्राको अनुमतिले पर्वतारोहणमा गएकोसहतिका कमजोरी भेटिएको पर्यटन विभागका प्रवक्ता दुर्गादत्त ढकालले बताए । उनका अनुसार ती अमेरिकी नागरिकले अपराध गरेको अनौपचारिक रूपमा जानकारी आइसकेको छ ।

उनलाई आवश्यक कारबाही गर्न पर्यटन मन्त्रालयले पत्रमार्फत नै मातहतका निकाय र अन्य निकायसँग समन्वय गर्ने भएको जानकारी पनि दिए । मन्त्रालयका अनुसार २१ दिनमा ३१ हिमाल आरोहण सम्भव नभएको र ब्रुचले कुनकुन हिमाल आरोहण गरे भन्ने विवरण पनि नभएको बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.