जेडटीई एक्जोनका नयाँ स्मार्टफोन बजारमा

 जेडटीई एक्जोनका नयाँ स्मार्टफोन बजारमा

काठमाडौंः  जेडटीईको नेपालका लागि आधिकारिक बिक्रेता इभोलुसन इन्टरप्राइजेज प्रालिले नेपालमा नयाँ स्मार्टफोन भित्र्याएको छ । कम्पनीले एक्जोन सेरिजका दुई आकर्षक स्मार्टफोन ‘जेडटीई एक्जोन इलाइट’ र ‘एक्जोन मिनी’ नेपालमा सार्वजनिक गरेको हो ।

कम्पनीले ल्याएको जेडटीई एक्जोन इलाइटमा ५.५ इन्चको फुल एचडी डिस्प्ले रहेको छ । मिडरेन्जको स्मार्टफोनका रूपमा आएको फोनमा तीन जीबीको र्‍याम र ३२ जीबीको इन्टरनल स्टोरेज क्षमता रहेको छ । यसको स्टोरेजलाई माइक्रो एसडी कार्डद्वारा बढाउन सकिनेछ ।

यसमा स्नापड्रागन ८१० को २.३ गिगाहर्ज अक्टाकोर प्रोसेसर प्रयोग गरिएको छ । यसमा १३ मेगापिक्सल तथा २ मेगापिक्सलको अटो फोकस ड्यूल क्यामेरा छ । भने सेल्फिका लागि पनि ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा छ । फोनमा ३००० एमएएचको ब्याट्री रहेको छ ।

यसको बजारमा मूल्य ३३ हजार नौ सय रुपैयाँ रहेको छ । यस्तै जेडटीई एक्जोन मिनी प्रिमियममा ५.२ इन्चको फुल एचडी सुपर एमओएलईडी थ्रीडी टच डिस्प्ले रहेको छ । यो विश्वकै पहिलो प्रेसर सेन्सिङ, थ्रीडी टच फोन भएको कम्पनीको दाबी छ । यसमा फिङ्गर प्रिन्ट, भ्वाइस प्रिन्ट, आईप्रिन्ट बायोमेट्रिक अथेन्टीकेसन सेक्युरिटी जस्ता आकर्षक विशेषता रहेका छन् ।

३ जीबी र्‍याम र ३२ जिबीको इन्टरनट स्टोरेज रहेको यो स्मार्टफोनमा १.५ गिगाहर्जको अक्टाकोर प्रोसेसर रहेको कम्पनीले जनाएको छ । यसमा १३ मेगापिक्सलको अटो फोकस क्यामेरा छ र फ्रन्टमा ८ मेगापिक्सलको सेल्फी क्यामेरा रहेको छ । २८०० एमएएचको व्याट्री रहेको फोनको बजार मूल्य २५ हजार ९ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.