ताम्राकारद्वारा मोटरसाइकल वितरण

ताम्राकारद्वारा मोटरसाइकल वितरण

काठमाडौंः राजधानीको न्युरोडस्थित ताम्राकार कम्प्लेक्सले दसैंतिहारका अवसरमा आयोजना गरेको ‘दसैंतिहारको बहार ताम्राकारमा उपहार नै उपहार' योजनाको बम्पर पुरस्कार लमजुङका प्रवीन सिलवालले पाएका छन् ।

मंगलबार ताम्राकार कम्प्लेक्समा आयोजित कार्यक्रमका बीच गरिएको लक्की ड्रमार्फत सिलवालले मोटरसाइकल जितेका हुन् । असोज १३ गतेदेखि कात्तिक ६ गतेसम्म ताम्राकार मोबाइल बजारमा मोबाइल खरिद गर्ने ग्राहकलाई यो अफरमा समावेश गरिएको थियो ।

मोटरसाइकल विजेता सिलवालले ताम्राकार कम्प्लेक्सको पसल नं ४१ बाट डीटीसी मोबाइल खरिद गरेका थिए । एक महिनाको यस अवधिभर ताम्राकार मोबाइल बजारबाट ४५ हजार सेट मोबाइल बिक्री भएको ताम्राकार मोबाइल व्यापार संघका अध्यक्ष जगत साउदले बताएका छन् ।

मोटरसाइकल पाउने सिलवालले उपहार प्राप्त गरेकोमा आश्चर्य प्रकट गर्दै प्राप्त उपहारले ताम्राकार मोबाइल बजार प्रतिको विश्वास बढेको बताएका छन् । तीन हजार रुपैयाँ मूल्यको मोबाइल खरिद गरेका उनले २०० सीसीको पल्सर एनएस मोटरसाइकल प्राप्त गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.