माइक्रोम्याक्सको क्यु ३९७ बजारमा
काठमाडौंः माइक्रोम्याक्सले नेपाली बजारमा आफ्नो नयाँ उत्पादन क्यू ३९७ भित्र्याएको छ । स्मार्टफोन जगतमा माइक्रोम्याक्स विश्व प्रसिद्ध भारतीय ब्रान्ड माइक्रोम्याक्सले विस्तारै उत्कृष्ट ब्रान्डका रूपमा स्थापित गर्दै आएको छ ।
माइक्रोम्याक्स स्टेट अफ द आर्ट र बजेट अनुकूल फोनका लागि प्रसिद्ध कम्पनीले एन्ड्रोएड ६ मार्समलोको साथ नयाँ प्रोडक्ट क्यू ३९७ बजारमा ल्याएको हो । बजारमा उपलब्ध अरु स्मार्टफोनभन्दा उत्कृष्ट क्यू ३९७ मा १.३ गिगाहर्ज क्वार्डकोर प्रोसेसर छ ।
५.५ इन्चको एचडी आईपीएस डिसप्ले रहेको फोनमा १६ जीवी इन्टरनल मेमरी छ । फोनमा आठ मेगापिक्सलको मुख्य क्यामरा र दुई मेगा पिक्सेलको फ्रन्ट क्यामरा छ । फोनमा २६५० एमएएचको शक्तिशाली ब्याट्री छ । एन्ड्रोएड ६.० मार्समलो अपरेटिंग सिस्टममा आधारित छ ।
फानेमा कनेक्टिभिटिका लागि वाइफाइ, ब्लुटुथलगायतका सुविधा पनि रहेकाछन् । साथै कम्पनीले फोनको सुरक्षाका लागि फ्री व्याक कभरसमेत प्रदान गर्ने जनाएको छ । कम्पनीका अनुसार यसको बजार मूल्य १० हजार पाँच सय ६० छ ।