आउटरिच इन्डिपेन्डेन्ट एजेन्सीको अन्तिम चरणमा

आउटरिच इन्डिपेन्डेन्ट एजेन्सीको अन्तिम चरणमा

काठमाडौः आउटरिच नेपाल साउथ एसिया इन्डिपेन्डेन्ट एजेन्सी अफ दि इयर २०१६ को अन्तिम चरणका लागि छनोट भएको छ ।

दक्षिण एसिया क्षेत्रकै सर्वाधिक प्रतिष्ठित अवार्ड मानिएको यस स्पर्धामा आउटरिच नेपालले सयांै प्रतिस्पर्धीमध्ये चयन भएर नेपालबाट फेरि पनि आफ्नो स्थान सुरक्षित गरेको छ ।

विगत २३ वर्षदेखि क्याम्पेन एसिया प्यासिफिक एजेन्सी अफ दि इयर अवार्डले एसिया प्यासिफिक क्षेत्रको विज्ञापन र सञ्चार उद्योगमा प्रेरणादायी नेतृत्व, सर्वोत्कृष्ट व्यवस्थापन, असाधारण व्यावसायिक दक्षता र समग्र सफलताका लागि सम्मानित गर्दै आएको छ ।

प्रतिष्ठित एजेन्सी अफ दि इयरले पाँच बेग्ला बेग्लै क्षेत्रीय स्पर्धामार्फत स्थानीय बजारका सर्वोत्कृष्ट एजेन्सीको चयन गर्ने संस्थाले जनाएको छ । अवार्डको मुख्य उद्देश्य दक्षिण एसियाका सर्व श्रेष्ठ विज्ञापन एजेन्सीलाई पुरस्कृत गरेर उनीहरूको मनोबल बढाउनुका साथै एजेन्सीलाई स्थानीय र क्षेत्रगत रूपमा आफ्नो सिर्जनशीलतालाई प्रस्फुटन गराउँदै एसिया प्यासिफिकस्तरीय सञ्जालमा आवद्ध हुने अवसर प्रदान गर्नेछ ।

गएको वर्ष नेपालबाट पहिलोपटक आउटरिच नेपालले साउथ एसिया एजेन्सी अफ दि इयर २०१५ को अन्तिम चरणमा प्रवेश पाएको थियो । यसैगरी आउटरिच नेपाल दक्षिण कोरियाको प्रतिष्ठित अवार्ड एड स्टार्स अवार्डमा सहभागी भई अन्तिम चरणमा छनोट भएको संस्थाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.