२७ बालबालिका सुर्खेतमा अलपत्र

२७ बालबालिका सुर्खेतमा अलपत्र

डोल्पाः काठमाडौँ लगिँदै गरेका उपल्लो डोल्पाका २७ बालबालिका सुर्खेतमा अलपत्र परेका छन् । उत्तरी डोल्पाको तिन्जे गाविसका ती बालबालिकालाई लामा ज्ञान दिने भन्दै काठमाडौँ लगिँदै थियो । उनीहरुलाई गत आइतबार सुर्खेतको छिन्चुबाट प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका बालबालिका पाँच वर्षदेखि १५ वर्षमुनिका छन् ।

अभिभावकको मन्जुरीबिना काठमाडौँ लगिँदै गरेको अवस्थामा बालबालिकालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरक्षीक बहादुरजङ्ग मल्लले जानकारी दिए ।

बालबालिकासँगै तिन्जेकै २८ वर्षीय चोजिन जिष्टुलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । जिष्टुले नै ती बालबालिकालाई उनीहरुका बा आमाको अनुमतिबिना काठमाडौँ लैजाँदै थिए ।

प्रहरीले नेपाली भाषा बोल्न नजान्ने ती बालबालिकालाई सुर्खेतस्थित महिला तथा बालबालिका कार्यालयको जिम्मा लगाएको छ । उनीहरुमध्ये १८ जनालाई पहिलोपटक लगिँदै थियो भने अन्य यसअघि नै काठमाडौँमै अध्ययनरत रहेको बताइएको छ ।

महिला तथा बालबालिका कार्यालय डोल्पाका अधिकृत भोजकला दवाडीका अनुसार सुर्खेतमा अलपत्र परेका बालबालिकालाई जाजरकोट हुँदै डोल्पा फर्काउने तयारी भइरहेको छ । ‘चाँडै नै ती बालबालिकालाई आफन्तको जिम्मा लगाउँछौँ,’ उनले भने ।

बर्सेनि उपल्लो डोल्पाबाट लामा ज्ञान दिने भन्दै बालबालिकालाई उनीहरुका बाआमाको अनमपतिबिना काठमाडौँ लगिने गरिएको बताइएको छ । उपल्लो डोल्पामा विद्यालय भएपनि नियमित पढाइ भने हुँदैन । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.