१२ जना विद्युत् चोर पक्राउ
गौशालाः नेपाल विद्युत् प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वर महोत्तरीले १२ जना विद्युत् चोरलाई पक्राउ गरेको छ ।
मङ्गलबार साँझ नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीको साथ प्राधिकरणका कर्मचारीको टोलीले जिल्लाको धिरापुर, एकरहिया, पिपरा, मटिहानी गाविस र जलेश्वर नगरपालिका वडा नं १५ र १६ बाट १२ जनालाई पक्राउ गरेको कार्यालय प्रमुख सूर्यनारायण मण्डलले बताए ।
जिल्लामा भइरहेको विद्युत् चोरीलाई नियन्त्रण गर्न प्राधिकरणले चलाएको अभियानअन्तर्गत मङ्गलबार १२ जना पक्राउ परेका हुन् । पक्राउ परेकासँग प्राधिरणले जनही रु पाँच हजार जरिवाना लिएर मुक्त गर्ने गरेको छ ।
यसअघि पटकपटक गरी सय जनाभन्दा बढीलाई प्राधिकरणले पक्राउ गरी जरिवाना तिराएको छ । महोत्तरीमा ४२ हजार विद्युत् उपभोक्ता रहेकामा करिब १० हजार व्यक्तिले विद्युत् चोरी गरेर उपभोग गरिरहेको कार्यालय प्रमुख मण्डलले बताउनुभयो । रासस