जग्गाधनी नभेटिएपछि...

जग्गाधनी नभेटिएपछि...

ललितपुरः जग्गाधनी नभेटिँदा जिल्ला नापी कार्यलयलाई पुनःनापीको काम अघि बढाउन समस्या परेको छ । नापीको टोली फिल्डमा पुगेपछि जग्गा धनी नभेटिदाँ समस्या भएको हो ।

नापी भएको पाँचदशक पछि पुनःनापी भइरहँदा जग्गाधनीले भने आफूसँग कागजात छँदैछ किन नापी गर्ने भनेर चासो नदिएको कार्यलयका प्रमुख बुद्धिमान जैसीले बताए ।

‘पहिले बेवास्ता गर्ने जग्गाधनीले पछि विवाद झिक्ने गर्छन् । जग्गाधनी फिल्डमा नभेटिँदा नापी लम्बिन्छ ।’ उनले भने, ‘पहिले बेवास्ता गर्ने नै पछि फेरि गएर फेरि नाप्नुपर्‍याे भन्दै कार्यलय आउने गर्छन ।’

टोली खटिएको समयमा जग्गाधनी भेटिँदा सहज भए पनि फेरी टोली पठाउन गाह्रो हुने भएकाले ‘विवाद वा समस्या आए पनि फिल्डमा छिटो र सजिलो त्यो समाधान हुन्छ ।

तर कार्यलयका प्रतिनिधि नापीका लागि जाँदा कतिपय जग्गाधनीले फुर्सद नभएर र धेरैले बेवास्ता गरेर घर वा जग्गामा उपस्थित नहुने कार्यालय प्रमुख जैसीले बताए ।

कार्यालयले जग्गाको अवस्थामा कयौं गुणा परिवर्तन भएका इमाडोल, टिकाथली, सैबु, उपमहानगरपालिकाका विभिन्न स्थानमा तीन वर्षदेखि पुनःनापी गर्दै आएको छ । विसं २०२१ पछि यी स्थानमा नापी हुन सकेको थिएन ।

पुनःनापी भइरहेका यी स्थानमा जग्गाको स्वरुप झन्डै ४०० प्रतिशतसम्म परिवर्तन भएको पाइएको कार्यलयले जनाएको छ ।

जग्गाको स्वरुपमा झन्डै ६० प्रतिशत परिवर्तन हुँदा पुनःनापी गर्नुपर्ने हुन्छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.