फुटबल टिमलाई उपराष्ट्रपति पुनको बधाइ

फुटबल टिमलाई उपराष्ट्रपति पुनको बधाइ

काठमाडौंः उपराष्ट्रपति नन्द बहादुर पुन ‘पासाङ’ ले नेपाली राष्ट्रिय फुटबल टिमलाई बधाई दिएका छन् ।

नेपाली फुटबलमा अहिलेसम्मकै ठूलो उपलब्धि हात पार्न सफल भएको बन्दै उनले बधाइ सन्देश दिएका हुन् । मलेसियाको कुचिङमा भएको एएफसी सोलिडारिटी कपको फाईनल खेलमा मकाउलाई स्तब्ध पार्दै पहिलो पटक एशियाली फुटबल महासंघ (एएफसी)को प्रतियोगिता जितेकोमा उनले प्रमुख प्रशिक्षक ग्योटु कोजीलाई बधाई दिएका हुन् । ‘नेपाली फुटबल क्षेत्रले ऐतिहासिक उपलब्धि प्राप्त गरेकोमा म अत्यन्त हर्षित र गौरवान्वित भएको छु ’उनले भने ।

उनले खुशीयालीको सुखद अवसरमा राष्ट्रको गरिमा बढाई नेपाल र नेपालीको शीर उचो बनाएको भन्दै नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक, प्रशिक्षक, कप्तान, खेलाडी तथा खेल सम्बद्ध पदाधिकारीलाई धन्यवादसहित हृदयदेखि नै हार्दिक बधाइ तथा शुभकामना व्यक्त गरेका छन् ।

एएफसी प्रतियोगिता खेल्न थालेको ३२ वर्षपछि नेपालले सफलता गरेका गरेको हो । एक वर्षको अन्तरालमा यसअघि बंगलादेशको ढाकामा आयोजित बंगबन्धु गोल्ड कप र भारतको गुवाहाटीमा भएको १२ औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता अन्तर्गत फुटबलको स्वर्ण पदक जित्न सकेकोमा उनले स्मरण गरेका छन् ।

‘यसबाट नेपाली फुटबलले ठूलो फड्को मारेको पुष्टि हुन्छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडी उच्च मनोबालका साथ मैदानमा उत्रने र यी भन्दा ठूला सफलताहरु हाँसिल गर्नेमा म विश्वस्त छु ।’ उनले दिएको बधाई सन्देशमा भनिएको छ ।

राष्ट्रको सान विश्व सामु चिनाउने प्रशिक्षक र खेलाडीको राज्यले उचित सम्मान गर्ने उनले विश्वास दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.