एएफसी कप विजेता फुटबल टिमलाई नगर परिक्रमा गराइदै

एएफसी कप विजेता फुटबल टिमलाई नगर परिक्रमा गराइदै

काठमाडौं: एएफसी सोलिडारिटी कपको उपाधि विजेयता नेपाली फुटबल टिमलाई बुधबार राति नगर परिक्रम गराइएकाे छ । मंगलबार मलेसियामा सम्पन्न एफएसी सोलिडारिटी कपको फाइनलमा मकाउलाई १–० ले पराजित गर्दै च्याम्पियन बनेको नेपाल उपाधिसहित नेपाल आइपुगेपछि नगर परिक्रमा गराइएकाे हो ।

ऐतिहासिक उपलब्धिसहित स्वदेश फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमास्थलमा भव्य स्वागत गरेर नगर परिक्रमा गराएकाे अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएकाे  छ ।

एन्फाका अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाली टोलीलाई बाजागाजासहितको विजय र्‍याली सुरु भएकाे छ । बाजागाजा सहितको र्याली विमानस्थलबाट गौशाला, बत्तिसपुतली, मैतिदेवी, पुतलीसडक, घण्टाघर, शहिदगेट, त्रिपुरेश्वर, थापाथली, पुल्चोक, मंगलबजार, ग्वार्को हुँदै एन्फा मुख्यालय सातदोबाटो पुग्ने छ ।

अन्तराष्ट्रिय प्रतियोगितामा उपाधिको खडेरी परेका बेला ३५ वर्षपछि एएफसी सोलिडारिटी कपको उपाधि उचालेको नेपाली फुटबल टिमका प्रत्येक सदस्यलाई सरकारले तीन–तीन लाख दिने घोषणा गरिसकेको छ ।

विजयी नेपाली टिमका सबै सदस्यलाई प्रोत्साहन स्वरुप तीन–तीन लाख दिने घोषणा युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले गरेका हुन् । मलेसियाको कुचिङस्थित नेगेरी स्टेडियममा मंगलबार साँझ भएको खेलमा फिफा बरियतामा १० स्थान तल रहको मकाउलाई १–० गोल अन्तरले हराउँदै नेपालले उपाधि उचालेको हो।

योसँगै नेपालले अन्तर्राष्ट्रिय उपाधिमा ह्याट्रिक गरेको छ। नेपालका लागि खेलको ३० औं मिनेटमा सुजल श्रेष्ठले गरेको गोल नै निर्णायक बनेको थियो । भरत खबासले मिलाएको उत्कृष्ट पासमा सुजलले लोभलाग्दो हेडर गोल गरेका थिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.