सोलिडारिटी कप जितेर आएको नेपाली टोलीलाई यसरी गरियो स्वागत

सोलिडारिटी कप जितेर आएको नेपाली टोलीलाई यसरी गरियो स्वागत

काठमाडौं: मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि विजेता टोलीलाई नेपाल फुटबल संघ एन्फाले भव्य स्वागत गरेको छ ।
बुधबार साँझ विमानस्थल आइपुगेको टोलीलाई एन्फाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट र्‌याली सहित गौशाला-बत्तिसपुतली -मैतीदेवी-पुतलीसडक -घन्टाघर- सहिद ढोका- नयाँ सडक-दरबारमार्ग-त्रिपुरेश्वर-थापाथली-कुपन्डोल-पुल्चोक-मङ्गलबजार-ग्वार्को हुँदै एन्फा कम्प्लेक्स पुर्‌याएको थियो ।

विजेता टोलीलाई सरकारले जनही तीन तीन लाख दिने निर्णय गरेको छ । प्रतियोगिता अन्तर्गत नेपालले सेमिफाइनलमा लाओसलाई पेनाल्टी सुटआउटमा ३-० गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । फाइनलमा भने मकाउलाई १-० को गोलअन्तरले हराउँदै उपाधि जितेको हो ।

यससँगै नेपालले एक वर्षमा लगातार तीन उपाधि जितेको छ । गत वर्ष माघमा बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप जितेको नेपाल त्यसको एक महिनापछि भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद सागमा पनि विजेता बन्यो । ती दुवै प्रतियोगिता विश्व फुटबल महासङ्घ फिफाले मान्यता दिएको सिनियर स्तरको फुटबल थिएन । बङ्गबन्धु कपको फाइनलमा नेपालले बहराइनको २३ वर्षमुनि यु-२३ को टोलीलाई हराएको थियो ।

तस्बिर: विकास कार्की


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.