नबिल बैंकलाई सम्मान

नबिल बैंकलाई सम्मान

काठमाडौः आर्थिक वर्ष २०७१/७२ मा बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी कर दाखिला गरेबापत नबिल बैंक आन्तरिक राजस्व विभागबाट सम्मानित भएको छ ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले पाँचौ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागद्वारा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रबाट बढी कर योगदान गर्ने करदातालाई सम्मान प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अनिलकुमार खनालले उक्त सम्मानपत्र ग्रहण गरेका थिए । बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी कर दाखिला गरेर राष्ट्र निर्माणको योगदानमा सहभागी हुन पाउँदा बैंक परिवार निकै गौरवान्वित भएको बैंकले जनाएको छ ।

बैंकले गरेका व्यावसायिक कामका अतिरिक्त व्यवसायमा वृद्धि, रोजगारी सृजना तथा सरकारी राजस्वमा योगदानजस्ता कार्यमा बैंकको अहं भूमिका रहने खनालले बताएका छन् ।

बैंकले हालै फ्रस्ट एन्ड सुलिभनद्वारा प्रदान गरिएको अवार्ड ‘बेस्ट प्राक्टिसेज अवार्ड २०१६ को उत्कृष्ट वित्तीय संस्था’ बाट पनि सम्मानित भएको थियो । साथै तेस्रो ‘न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१६’ मा सर्वोतकृष्ट वाणिज्य बैंक सम्मानसमेत प्राप्त गरेको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.