यती बैंक र नेसनल लाइफ इन्स्योरेन्सबीच सम्झौता
काठमाडौः यती डेभलपमेन्ट बैंक र नेसनल लाइफ इन्स्योरेसबीच सम्झौता भएको छ । बैंकबाट लघुवित्त कर्जा उपभोग गर्ने आफ्ना ऋणिलाई ‘लघु अमृत जीवन बिमा’ गरिदिन बैंक तथा नेसनल लाइफ इन्स्योरेन्सबीच बुधबार सम्झौता भएको हो ।
उक्त योजनाअन्तर्गत ऋणिलाई पाँचदेखि सात लाखसम्मको जोखिम बहन गर्न बिमा सेवा उपलब्ध गराइने छ । उक्त अवधिमा ऋणिको मृत्यु भएमा पुरा बिमांक रकम ऋणिका हकवालाले प्राप्त गर्न सक्नेछन् ।
साथै बिमांकको १० प्रतिशत वा २५ हजारमध्ये जुन कम हुन्छ सो रकम मृतकको दाहसंस्कारबापत बिमीतका आफन्तलाई भुक्तानि गरिने बैंकले जनाएको छ ।
दुर्घटनाका कारण स्थायी रूपमा पूर्ण अपांग भएमा अवस्था हेरि ५० प्रतिशतदेखी शतप्रतिशतसम्म क्षतीपूर्ति रकम बिमीतलाई भुक्तान गरिने छ । बैंकबाट लघुवित्त कर्जा उपभोग गर्ने ऋणिहरू प्रत्यक्ष रूपमा ‘लघु अमृत जीवन बिमा’ योजनाबाट लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।