अपि पावरको नाफा पाँच सय ८३ प्रतिशतले वृद्धि
काठमाडौं ः अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा पाँच सय ८३.४९ प्रतिशतले नाफा वृद्धि गरेको छ । कम्पनीले यस अवधिमा एक करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ ।
अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले २४ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको थियो । अपिले विजुली बेचेर पहिलो त्रैमासिकमा ४ करोड ६१ लाख कमाएको छ । यस वर्ष कम्पनीको सञ्चालन खर्च ६४ लाख ९५ हजार भएको छ ।
अघिल्लो वर्षको यसै अवधिमा सञ्चालन खर्च ९२ लाख ६० हजार रहेको थियो । कम्पनीको जगेडा कोष बढेर ८ करोड ४२ लाख पुगेको कम्पनीले जनाएको छ । अपिले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लगानी बढाएर १४ करोड ५६ लाख पुर्याएको छ ।
कम्पनीको सेयर पुँजी एक अर्ब रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ६.८१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०८.४२ र पीई रेसियो ९० गुणा रहेको कम्पनीले जनाएको छ ।