आईएमईलाई उत्कृष्ट करदाता सम्मान
काठमाडौः आईएमईलाई उत्कृष्ट करदाता सम्मान प्रदान गरिएको छ । आन्तरिक राजश्व विभागले आयोजना गरेको पाँचौं कर दिवसका अवसरमा आईएमईलाई उक्त सम्मान प्रदान गरिएको हो ।
रेमिटेन्स कम्पनीमध्ये गएको आर्थिक वर्ष २०७१/७२ मा सबैभन्दा बढी कर तिरेबापत नेपाल सरकारका अर्थमन्त्री कृष्णबहादुर महराले आईएमई लिमिटेडका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाललाई उक्त सम्मान प्रदान गरेका हुन् ।
आईएमईले विगत तीन वर्षदेखि निरन्तर उक्त सम्मान पाउँदै आएको जनाएको छ । स्थापना देखिनै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन कटिबद्ध उक्त कम्पनीले ७५ जिल्लाका ५२ सयभन्दा बढी शाखा/सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थामार्फत विदेशमा कार्यरत नेपालीले पठाएको रकम आफन्तको हातमा छिटो, छरितो र सुरक्षित तवरबाट पुर्याउँदै आएको जनाएको छ ।