राष्ट्रिय सहकारी बैंक सम्मानित

राष्ट्रिय सहकारी बैंक सम्मानित

काठमाडौंः आन्तरिक राजश्व विभागले पाँचौं राष्ट्रिय कर दिवसका अवसरमा राष्ट्रिय सहकारी बैंक लिमिटेडलाई सबैभन्दा बढी आयकर दाखिला गरेबापत कदर स्वरूप सम्मानपत्र र दोसल्लाका साथ सम्मान गरेको छ ।

पाँचौ राष्ट्रिय कर दिवसका अवसरमा बैंकले आर्थिक वर्ष २०७१/२०७२ मा ‘सहकारी संस्था (क्षेत्र) तर्फ’ सबैभन्दा बढी आयकर दाखिला गरेबापत उक्त सम्मान प्रदान गरिएको हो ।

अर्थमन्त्री कृष्णबहादुर महराले बैंकका प्रबन्ध सञ्चालक केवी उप्रेतीलाई उक्त सम्मान प्रदान गरेका हुन् । बैंकले राष्ट्रको तिनखम्बे अर्थनीतिमध्येको सहकारी क्षेत्र एक खम्बा भएकाले बैंकले प्राप्त गरेको यो सम्मान देशका सम्पूर्ण सहकारी संघ÷संस्थाको पनि भएकाले सम्पूर्ण सेयर सदस्य तथा सहकारी क्षेत्रलाई बधाई ज्ञापन गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.