अक्षय कुमारलाई सासुले ‘गे' भनेपछि...
काठमाडौंः बलिउड अभिनेता अक्षय कुमारले बिहे बन्धनमा बाँधिएको त धेरै नै वर्ष भयो। बिहे भएर दुई बच्चा बच्चीका वावु पनि बनिसकेका छन् अक्षय कुमार।
तर, १५ वर्षअघि अक्षयले बिहे गर्दा उनी सासूले उनलाई अनौठो शर्त राखेकी रहिछन्। अहिले त्यो कुरा चर्चामा आएको छ।
बलिउडका अभिनेता अक्षयलाई सासु डिम्पल कडरियाले छोरी ट्वीङ्कलसँग विवाह अघि एक शर्त राखेकी रहिछन् त्यतिबेला। उनले बिहे अघि शर्त राख्नुको कारण थियो अक्षयलाई उनका पत्रकार साथीहरुले ‘गे’ भन्ने रहेछन्।
त्यही कारण एक वर्षको लिभिङ रिलेशनमा बसेपछिमात्रै डिम्पलले छोरी ट्वीङकल खन्नासँग विवाह गर्ने अनुमति अक्षय कुमारलाई दिएकी थिइन्।