‘कांग्रेस मधेसविरोधी पार्टी बन्दै'

‘कांग्रेस मधेसविरोधी पार्टी बन्दै'

वीरगन्जः कार्यकर्ताले मधेसमा नेपाली कांग्रेसलाई मधेसविरोधी पार्टीका रूपमा स्थापित हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । मधेसलाई कांग्रेसको गढ मानिए पनि पछिल्लो समय नेतृत्वले बेवास्ता गर्दै आएको उनीहरूको गुनासो छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा वीरगन्जमा बिहीबार नेपाली कांग्रेस पर्साले आयोजना गरेको कार्यकर्ता भेलामा सहभागी कार्यकर्ताले मधेसीको भावनालाई पार्टी नेतृत्वले कुल्चिएर हिँडेकाले कांग्रेस कमजोर बन्दै गएको बताए ।

संविधान संशोधन गरेर मधेसका मुद्दा सम्बोधन गर्न पार्टी नेतृत्वसँग उनीहरूले माग गरे । कार्यक्रममा वीरगन्ज अलौंका कांग्रेस कार्यकर्ता शिवहरि लामिछानेले भने, ‘मधेसका मुद्दाको सवालमा कांग्रेसको एजेन्डा के छ ? पार्टी नेतृत्वले स्पष्ट पार्नुपर्छ । मधेसी दलले उठाएका कुन माग जायज छन्, कुन नाजायज छन् ? भनिदिनुपर्‍यो ।'

पर्सा बेलवाका कार्यकर्ता नवलकिशोर झाले पनि खोक्रो रवैयाका कारण कांग्रेसप्रति मधेसका युवापुस्ताको आकर्षण घटदै गएको बताए । नेतृत्वले मधेस र मधेसीका मुद्दामा दोधारे चरित्र देखाउँदै आएका कारण कांगे्रस मधेसविरोधी दलका रूपमा स्थापित हुँदै गएको अर्का कार्यकर्ता मनोजकुमार महतोको भनाइ छ ।

कार्यक्रममा कार्यकर्ताको गुनासो सुनेपछि वरिष्ठ नेता पौडेलले कांग्रेसले मधेसलाई उपेक्षा नगरेको प्रतिक्रिया दिए । ‘मधेस कांग्रेसको गढ हो, मधेसको पार्टी कांग्रेस हो', उनले भने । तराई–मधेसका जनताको समस्या सम्बोधन गर्न आफू अहिले मधेसमा आएको उनको भनाइ छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.