स्वस्थ मस्तिष्कः स्वस्थ जीवन

 स्वस्थ मस्तिष्कः स्वस्थ जीवन

मस्तिष्क मानव शरीरको सबैभन्दा महत्वपूर्ण अंग हो । मस्तिष्कद्वारा नै शरीरका हरेक अंगहरूको नियन्त्रण, नियमन तथा सञ्चालन हुने गर्छ । मानिसलाई बुद्धिमान तथा समझदार प्राणी बनाउने प्रमुख अंग पनि यही मस्तिष्क नै हो । मस्तिष्क मानिसको ‘मेमोरी बैंक’ हो । मेमोरीलगायत सम्पूर्ण कग्निटिभ तथा चेतना व्यवहारहरूको मुख्य सञ्चालक पनि मस्तिष्क हो । त्यसैले मानव जीवनमा बे्रनको ठूलो महत्व छ ।

तर मानिसले यत्ति महत्वपूर्ण अंगलाई कत्ति पनि ध्यान दिएको देखिँदैन । अधिकांश मानिसले शरीरका लागि अति आवश्यक व्यायाम नै गरेको पाइँदैन, शारीरिक व्यायाम गर्नेले पनि मानसिक व्यायाम गर्दैनन् । त्यसैले पनि मानिसको स्वास्थ्य र दैनिक क्रियाकलापमा व्यवधान देखा पर्छ ।

स्वस्थ मनमस्तिष्क र निरोगी शरीरबिना मानिस दीर्घायु हुन सक्दैन । अतः स्वस्थ र दीर्घायु जीवनका लागि मानिसले शारीरिक स्वास्थ्यका साथै मानसिक स्वास्थ्यको ख्याल राख्न अनिवार्य छ । तर अधिकांश मानिसले शरीरको सबैभन्दा महत्वपूर्ण अंग, मस्तिष्कको उचित पालनपोषण र स्याहारसुसार गरेको देखिँदैन । परिणामस्वरूप मानिसले अनेकौं स्वास्थ्य समस्याहरू बेहोर्नुपर्छ ।

मानिसले जीवनभरि कुनै न कुनै काम गर्दै रहनुपर्छ । अन्तिम साससम्म क्रियाशील रहनुपर्छ ।

मानिसको जीवनमा बे्रनको यही महत्वका कारण नै हिजोआज मस्तिष्क स्वास्थ्यको क्षेत्रमा थुप्रै न्युरोवैज्ञानिकहरू कार्यरत छन् । उनीहरू शरीरको सबैभन्दा महत्वपूर्ण अंग बे्रनलाई कसरी स्वस्थ, सुदृढ र क्रियाशील बनाउन सकिन्छ भन्ने विषयमा जोडतोडका साथ अध्ययन, अनुसन्धानमा भइरहेका छन् ।

सकारात्मक जीवनशैली

मानिसका लागि स्वस्थ र सकारात्मक जीवनशैलीको ठूलो महत्व छ । स्वस्थ र दीर्घायु ब्रेनका लागि निम्नलिखित कुराहरूको महत्वपूर्ण भूमिका रहन्छः
.पौष्टिक आहार
.शारीरिक क्रियाकलाप
.ब्रेनको उपयोग
.सक्रिय सामाजिक सहभागिता
.आध्यात्मिकता

पौष्टिक आहार


मस्तिष्कलाई फाइदा पुर्‍याउने आहार नै मस्तिष्क आहार हो । ग्लुकोज तथा अक्सिजन मस्तिष्क आहार हो । अन्न, फलफूल तथा हरियो सागपात मस्तिष्क आहार हो । डा. म्यारीको भनाइ छ, मानिसको हरेक दिनको भोजन जति बढी रंगीन (थरीथरीका रागयुक्त) हुन्छ, त्यत्ति नै मस्तिष्कलाई फाइदा गर्छ । जस्तो कि सेतो भात, पहे“लो रोटी, हरियो तरकारी, रातो गाजर, सेतो मूला, हरियो का“क्रो, कलेजी प्याजको सलाद, विभिन्न रङका फलफूल आदि ।

ओमेगा थ्री फ्याट्टी एसिड

ओमेगा थ्री फ्याट्टी एसिड मस्तिष्क तथा मुटुका लागि निकै उपयोगी हुन्छ । मानिसले हरेक हप्ता कम्तीमा पनि दुई पटक माछा, खासगरी, म्याकेरल, हेरिङ, सार्डिनेज, टुना तथा सालमन सेवन गर्नु उपयुक्त हुन्छ । बदाम (आलमन्ड), जैतुनको तेल तथा आलसको तेलमा पनि प्रशस्त मात्रामा ओमेगा थ्री फ्याट्टी एसिड पाइन्छ । जुन आहार मुटुका लागि उपयुक्त हुन्छ, त्यो आहार मस्तिष्कका लागि पनि उपयुक्त हुन्छ । स्वस्थ र दीर्घायु मस्तिष्कका लागि रक्तसञ्चार प्रणाली स्वस्थ हुनु अनिवार्य छ । त्यो किनभने लगभग १४ सय ग्रामको मस्तिष्कलाई शरीरका लागि चाहने २५ प्रतिशत रगत, ग्लुकोज तथा अक्सिजन आवश्यक पर्छ ।

मस्तिष्क र सामाजिकता

स्वस्थ मस्तिष्क र सामाजिक सक्रियताको गहिरो सम्बन्ध छ । स्वस्थ मस्तिष्कका लागि सामाजिक सक्रियताको खाँचो हुन्छ । किनभने मस्तिष्क सामाजिक विशेषताको हुन्छ । सामाजिक सक्रियता तथा समाजसेवाजस्ता मानवीय कुराहरू मस्तिष्कको खुराक हुन् ।

जुन मानिसले स्वास्थवद्र्धक दिनचर्याको पालना गर्दै सामाजिक कार्यमा तन, मन, धनले सक्रिय रहन्छ, त्यस्तो मानिस निश्चित रूपमा बुढेसकालमा पनि स्वस्थ र सक्रिय जीवन जिउन सक्दछ । यो वैज्ञानिक कुरा हो । कुनै मानिस सामाजिक रूपमा निष्क्रिय र उदासीन छ भने या त उसको मस्तिष्कमा कुनै खोट छ या त ऊ कुनै न कुनै मनोवैज्ञानिक समस्याबाट ग्रस्त छ ।

अवकाशपछिको जीवन

नेपाल जस्तो देशहरूमा प्रायः मानिसहरू अवकाशपछि त्यसै बस्ने गर्छन् । जीवनमा धेरै मेहनत गरियो, अब आरामका साथ जीवन का“ट्ने हो भन्ने भावना राख्ने गर्दछन् । तर, बिना काम मानिसले जीवन काट्न थाल्यो भने मानिस छिट्टै रोगी हुन्छ, छिट्टै मर्छ । उखान नै छ, खाली मस्तिष्क, सैतानको घर । मानिसले जीवनभरि कुनै न कुनै काम गर्दै रहनुपर्छ । अन्तिम साससम्म क्रियाशील रहनुपर्छ ।

बुढेसकालको काम

बुढेसकालमा मानिसका लागि उपयुक्त काम समाजसेवा हो । यसको मतलव बुढेसकालमा मात्र समाजसेवा गर्नु भनेको होइन, मानिस एक सामाजिक प्राणी भएकाले सानैदेखि नै सामाजिक रूपमा सक्रिय रहनुपर्छ । मानिसले सामाजिक कार्यहरू गरेर एकातिर समाजको उत्थानमा टेवा पुर्‍याउन सक्दछ भने अर्कोतिर आफ्नो स्वास्थ्य ठीक राख्न सक्दछ । आफ्नो स्वास्थ्यको ख्याल राख्दै बुढेसकालमा पनि सक्रिय सामाजिक जीवन जिउनेहरू नै धेरै बाँच्छन्, स्वस्थ जीवन जिउँछन् ।

मस्तिष्क पुनर्संरचना

मानिसको मस्तिष्कमा एक असाधारण र अद्भुत लचकताको गुण हुन्छ, त्यो गुणलाई स्नायु विज्ञानको भाषामा न्युरोप्ल्यास्टिसिटी भनिन्छ । मस्तिष्कको यही गुणका कारण नै मानिसको जीवनभरि नै मस्तिष्क पुनर्संरचना सम्भव हुन्छ । मस्तिष्कको यस्तो पुनर्संरचनामा मनको सबैभन्दा ठूलो हात हुन्छ । मन नै मस्तिष्क पुनर्संरचनाको मुख्य औजार हो । त्यसैले बुढेसकालमा पनि मानिसले आफ्नो मस्तिष्कलाई स्वस्थ र सुदृढ बनाउन सक्दछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.