रिलायबलको ८५ दिने मुद्दती योजना
रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले ८५ दिने मुद्दती योजना सञ्चालनमा ल्याएको छ ।
बैंकले उक्त योजनामा ८.५ प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने जनाएको छ । ८५ दिन पुरा भएपछि साँवा र ब्याज स्वत बचत खातामा जम्मा हुने र सो बचत खातामा रकम आएपछि एससीटी नेटवर्कअन्तर्गतका देशभरि रहेका ११ सयभन्दा बढी एटीएमबाट निःशुल्क रकम झिक्न सकिने बैंकले जनाएको छ ।
साथै यस बैंकले एक वर्षे मुद्दतीमा ८.७५ प्रतिशतसम्म तथा बचत खातामा ५.५ प्रतिशतसम्म ब्याज प्रदान गर्ने जनाएको छ । उक्त सेवा बैंकका सबै शाखाबाट उपलब्ध हुने बताइएको छ ।