सामुदायिक लघुवित्तको साधारण सेयर निष्कासन हुँदै
काठमाडौं ः सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले तीन लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ ।
त्यसका लागि संस्थाले एनएमबी क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त कार्यका लागि सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत स्वयम्भुराम जोशी तथा एनएमबी क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जेश घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । लघुवित्त वित्तीय संस्थाले हाल ३२ वटा शाखा कार्यालयमार्फत लघुवित्त सेवा प्रदान गरिरहेको जनाएको छ