त्रिथुंगा टेडिङ लेन्टोको आधिकारी वितरक

त्रिथुंगा टेडिङ लेन्टोको आधिकारी वितरक


काठमाडौं ः वतास अर्गनाइजेसनको भातृ संस्था त्रिथुंगा टे«डिङ कन्सर्न प्रालि भारतीय कम्पनी लेन्टो इन्डस्ट्रिज प्रालीको आधिकारिक बिक्रेता भएको छ ।

कम्पनीले लेन्टो इन्डस्ट्रिज प्रालीका उत्पादन सोलार इन्भर्टर र स्ट्रिट लाइटको नेपालको आधिकारिक बिक्रेता भई बिक्रीवितरण सुरु गरेको जनाएको छ । लेन्टो सोलार इन्भर्टर पाँच हजार ५५० भीएदेखि पाँच हजार भीएसम्म र स्ट्रिट लाइट २०, ४० , ६० वाटमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

उक्त सबै सोलार इन्भर्टर र स्ट्रिट लाइट प्रतिष्ठित इनर्जी टेष्ट स्टेसनबाट क्वालिटी सर्टिफाइड भएका उत्पादन हुन् । अटोमोबाइलको क्षेत्रमा ख्याती प्राप्त वतास अर्गनाइजेसनले यससँगै सोलार इनर्जीको ब्यापार सुरु गरेको जनाएको छ ।

उक्त कार्यक्रममा वतास अर्गनाइजेसनका सिईओ शान्तराज वतास, त्रिथुंगा टेडिङ् कन्सर्न प्रालिका प्रबन्ध निर्देशक डिल्लीराज सुवेदी, लेन्टो इन्डस्ट्रिज प्रालीका अन्तराष्ट्रिय सेल्स एन्ड मार्केटिङ प्रमुख आशिष श्रीवास्तव र त्रिथुंगा टे«डिङ् कन्सर्न प्रालिका म्यानेजर श्रीकृष्ण ढोडारीको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.