युग अनुसार ग्ल्यामर आवश्यक छ: निशा चौधरी
बर्दियामा जन्मेकी निशा चौधरी अहिले स्नातक अध्ययनको तयारीमा छिन् । मोडलिङ, आरजे एवं भीजेका रूपमा अगाडि बढ्ने लक्ष्यका साथ राजधानीमा क्रियाशील उनले एअर होस्टेजसम्बन्धी कक्षा पनि लिएकी छन् । १८ वर्षीया निशा भन्छिन्, ‘ग्ल्यामरलाई सकारात्मक रूपमा लिनुुपर्छ । युुगअनुुसार आवश्यक पनि छ ।’ उनीसँग भएको संक्षिप्त कुुराकानी :
मोडलिङप्रति कसरी आकर्षित हुुनुुभयो ?
मलाई सानैदेखि नाच्न गाउन मन पथ्र्यो । टेलिभिजनमा अरू छमछमी नाचेको देख्दा मलाई पनि त्यसरी नै नाच्न मन लाग्थ्यो । त्यही आकर्षणले मलाई मोडलिङतिर आकर्षित गर्यो ।
यो क्षेत्रमा टिक्न सकिन्छ ?
सुुरुमा कसरी लाग्ने थाहा थिएन, अहिले बुुझ्दैछुु । मलाई विश्वास छ, टिक्न सकिन्छ ।
ग्ल्यामरस छवि हुुनेहरूको क्रेज बढी छ ?
यसलाई सकारात्मक रूपमा लिनुुपर्छ । युुगअनुुसार आवश्यक पनि छ ।
चलचित्रमा अवसर पाउनुुभयो भने कुुन नायकबाट डेब्युु गर्न चाहनुुहुुन्छ ?
चलचित्र प्रेमगीतका नायक प्रदीप खड्का ।
भिडियोमा नि ?
पल शाह र पुुष्पा श्रेष्ठ ।
यो क्षेत्रमा परिवारले साथ देला त ?
मेरो खुुसीमा परिवारको साथ छ । यो क्षेत्रमा लाग्न मैले परिवारबाटै प्रेरणा पाएको हुुँ ।
तस्बिरः गोपाल चित्रकार