भ्रष्टाचारको अभियोगमा ब्राजिलका दुई पूर्व गभर्नर पक्राउ

भ्रष्टाचारको अभियोगमा ब्राजिलका दुई पूर्व गभर्नर पक्राउ

रियो डी जानेरो: भ्रष्टाचारको अभियोगमा ब्राजिलका दुईजना पूर्व गभर्नरलाई गिरफ्तार गरिएको छ। जनसङ्ख्याका हिसाबले ब्राजिलको दोस्रो ठूलो सहर रियोको यी पूर्व गर्भनरहरुमाथि कैयौँ दिनदेखि घुस लिएको र मतदाताहरुसँग भोट किनेको आरोप लगाइएको छ।

सन् २००७ देखि २०१४ सम्म दुईपटकसम्म रियो सहरको गभर्नर भएका सेरर्गिओ क्याब्राल फिल्होलाई सन् २०१४ मा फिफा विश्वकप फुटबल प्रतियोगिताको अन्तिम खेल हुने बेला मरकाना रङ्गशाला मर्मतका बेला अनियमितता गरेको आरोप लगाइएको छ ।

सो भ्रष्टाचार प्रकरणमा उनले झन्डै पाँच करोड ८० लाख अमेरिकी डलर बराबरको रकम अनियमितता गरेको एजेन्सिया ब्रासिल समाचार समितिले जनाएको छ ।

क्याब्रालका श्रीमती एड्रिआना एन्केल्मोलाई पनि सोधपुछका लागि रिहासतमा लिइएको बताइएको छ । हुदसन ब्रागा प्रयोजनका प्रमुख का साथै अन्य आठजना कर्मचारीहरुलाई नियन्त्रणमा लिइएको छ ।

यसअघि एक दिन पहिले रियोका पूर्व गभर्नर एन्थोनी गारोटिन्होलाई पनि गिरफ्तार गरिएको थियो । उनलाई बुधबार उच्च रक्तचापको समस्या भएपछि स्थानीय सार्वजनिक अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

एन्थोनीलाई मेयरको निर्वाचनका बेला मतदातासँग भोट किनेको आरोप लगाइएको छ । सन् १९९९ देखि सन् २००२ एन्थोनी रियो सहरको गभर्नर बनेका थिए । रासस÷सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.