बिरामी बोकेको एम्बुलेन्स र बस ठोक्किँदा दुईको मृत्यु
कपिलवस्तुः कपिलबस्तुको बुङ्चीमा एम्बुलेन्स र यात्रुबाहक बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी एम्बुलेन्समा सवार कञ्चनपुर बाइस विजुवाका ५५ वर्षका सुब्बा राना र ६० वर्षकी मदिया रानाको मृत्यु भएको इलाका प्रहरी कार्यलय पिपराले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक विष्णुप्रसाद पोख्रेलका अनुसार एम्बुलेन्स चालक कञ्चनपुर बाइस विजुवाका मनोज पोख्रेल र अन्य पाँच जना गम्भीर घाइते छन् । उनीहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।
बिरामी लिएर कञ्चनपुर फर्कदै गरेको मा १ च ३९६ नंम्बरको एम्बुलेन्स र दाङबाट शैक्षिक भ्रमणका लागि लुम्बिनी आइरहेको ना ४ ख ७९९६ नंम्बरको बस ठोकिएर दुर्घटनामा परेका हुन् ।