सिजी कामना अवार्डस्काे तयारी

सिजी कामना अवार्डस्काे तयारी

काठमाडौः मासिक सिने पत्रिका कामनाले प्रकाशनको तीन दशक लामो यात्रा पार गरेको अवसरमा ‘लक्स कामना अवार्डस् २०७३’ आयोजना गर्ने भएको छ ।

सीजी इन्टरटेनमेन्टको सहकार्यमा २०७१ सालबाट थालनी भएको सीजी कामना फिल्म अवार्डस्को दोस्रो संस्करण मंसिर १८ गते शनिबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुनेछ । यसवर्षबाट बहुराष्ट्रिय कम्पनी युनिलिभिर नेपालको उत्पादक लक्स साबुनको पनि सहभागीता सुरु भएको आयोजकले जनाएको छ ।

कार्यक्रममा यस वर्ष ३२ विधामा अवार्ड प्रदान गरिने भएको छ । अवार्डको यस संस्करणमा चलचित्र नाइँ नभन्नु ल ४ सर्वाधिक २१ विधामा मनोनयनमा परेको छ । त्यसैगरी चलचित्र प्रेमगीत १९, क्लासिक १७, ड्रिम्स १६, वडा नम्बर—६ १४ र पशुपतिप्रसाद १२ विधामा मनोनयनमा परेको छ ।

लक्सको सहभागितासँगै एक नयाँ विधा लक्स पपुलर च्वाइस अवार्ड थपिएको छ । यो विधामा केकी अधिकारी, नम्रता श्रेष्ठ, सामाज्ञ्रीराज्यलक्ष्मी शाह, प्रियंका कार्की र सृष्टि श्रेष्ठबीच प्रतिस्पर्धा चलिरहेको छ । सर्वाधिक एसएमएस प्राप्त गर्ने अभिनेत्रीले अवार्ड हासिल गर्नेछिन् ।

अन्य १८ लोकप्रिय विधामा पनि एसएमएस भोटिङ चलिरहेको छ । ती १८ विधामा ९० प्रतिशत अंक निर्णायक मण्डल र १० प्रतिशत अंक एसएमएस भोटिङबाट मिलाई विजेता चयन गरिनेछ ।

अवार्ड आयोजक समितिका निर्देशक तथा सीजी इन्टरटेनमेन्टका अध्यक्ष वसन्त चौधरीले कामना फिल्म अवार्डस् एक दिन नेपाली चलचित्र क्षेत्रको मानक अवार्ड हुने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.