छाउपडी गोठमा महिलाको मृत्य भएपछि प्रधानमन्त्री प्रचण्डको चासो

छाउपडी गोठमा महिलाको मृत्य भएपछि प्रधानमन्त्री प्रचण्डको चासो

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहालले अछामको तिमिल्सेना गाउँमा छाउपडी गोठमा सुतेकी २१ वर्षीय महिलाको ज्यान गएको घटनाप्रति चासो व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालको सचिवालयले शनिबार अछामका प्रमुख जिल्ला अधिकारी कुशलराज शर्मासँग टेलिफोन गरी उक्त घटनाबारे चासो लिएको हो ।

छाउपडी गोठमा बसेकी २१ वर्षीय डम्बरा उपाध्यायको मृत्यु भएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री दाहालको सचिवालयले घटनाबारे चासो लिएको हो।

प्रधानमन्त्रीको चासोपछि उनको सचिवालयले घटनाबारे चासो लिँदै प्रमुख जिल्ला अधिकारी शर्मालाई टेलिफोन गरी घटनाको यथार्थ जानकारी गराउन आग्रह गरेको हो ।

सचिवालयले छाउपडी प्रथाजस्तो कुरीतिको अन्त्यका लागि यथाशीघ्र सरोकारवालाहरुको बैठक बोलाएर जनचेतना अभियान सञ्चालन गर्न र सामाजिक क्षेत्रका क्रियाशील सङ्घसंस्थालाई सेमिनार र गोष्ठीमा मात्रै रकम खर्च गर्ने प्रवृत्तिको अन्त्य गरी जनचेतना जगाउने कार्यमा लाग्ने वातावरण बनाउन निर्देशन दिइएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

प्रधानमन्त्रीको चासोपछि प्रमुख जिल्ला अधिकारी शर्माले घटनाको यथार्थ बुझेर आवश्यक जानकारी गराउने बताउँदै छाउपडी प्रथा अन्त्यका लागि आफ्नोतर्फबाट सबै प्रयास गर्ने बताएका छन् । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.