वृद्ध आमालाई चुम्बन गर्दै रेखा थापाले भनिन्ः नारी हिम्मतवाली बन्नुपर्छ

वृद्ध आमालाई चुम्बन गर्दै रेखा थापाले भनिन्ः नारी हिम्मतवाली बन्नुपर्छ

लमजुङः नायिका रेखा थापाले नारी हिम्मतवाली बन्नुपर्ने बताएकी छिन् । लम्जुङमा आयोजित सांस्कृति एवम् वृद्धाआश्रमलाई सहयोग कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भनिन् ‘हामी नारी हिम्मतवाली भएर आफ्नो अस्तित्वमा बाँच्नुपर्छ ।’

थापाले नारीले समाजमा डटेर अघिबढ्नु पर्ने उल्लेख गरिन् । ‘समाजमा हामी डराएर हैन, डटेर अघि बढनुपर्छ,’ नायिका थापाले भनिन, ‘म घरबाटै लडेँ र अहिले यो स्थानसम्म आइपुगेकी छु ।’

उनले लम्जुङका सबै महिलालाई आआफ्नो स्थानबाट जिन्दगीका लागि लड्न आह्वान गरिन् । उनले महिलाको उन्नती र प्रगतिमा पुरुषको साथ र सहयोग आवश्यक पर्ने समेत बताइन् ।

नायिका थापाले लायन्स सर्बोदय सेवाश्रममा रहेका बृद्धबृद्धालाई कम्मल, पछ्यौरा र लत्ताकपडा वितरण गरेकी छिन् । वृद्धावृद्धालाई सहयोग गर्दा नायिका थापा भावुक बनेकी थिइन् । बेला भावुक र बेला खुशी बनेकी रेखाले सहयोग बाँड्दै बृद्धवृद्धालाई चुम्बन गर्न समेत भ्याइन् ।

कार्यक्रममा नायिका थापाले ‘अर्को जुन्नी कुन्नी..’ बोलको गीतसमेत गाएर दर्शकलाई मनोरञ्जन दिइन् । कार्यक्रममा चलचित्र पत्रकार बिदुर गिरीलाई नायिका थापा र फिल्मी जुमका सञ्चालक अनुज चिलुवालले संयुक्त रुपमा सम्मान पत्र हस्ताण्तरण गरे ।

कार्यक्रममा हास्यकलाकार रमेश दुलाल, लोकगायक प्रकाश कटवाल, सर्मिला गुरुङ, ठाडोभाका शिरोमणी दीर्घनाथ अधिकारी (भेडीखर्के साइला) लगायतका कलाकारले प्रस्तुति पस्किएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.