कानपुरमा रेल दुर्घटना, ९० को ज्यान गयो
एजेन्सीः भारतको कानपुरमा भएको रेल दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ९० पुगेको छ । एक सय ५० भन्दा बढी घाइते भएका छन् । कानपुर नजिकै आइतबार बिहान तीन बजेको समयमा पटना–इन्दौर एक्सप्रेस रेलका १४ डिब्बा लिकबाट बाहिरिएर दुर्घटना भएको बीबीसीले जनाएको छ ।
दुर्घटनामा परेको रेल इन्दौरबाट पटना जाँदै गरेको कानपुर देहातका एसपी प्रभाकर चौधरीले बताए ।
इन्दौर पटना एक्सप्रेसको १९३२१ को १४ डिब्बा रेल लिकबाट बाहिरिएर दुर्घटना भएको रेल्वे प्रवक्ता अनिल सक्सेनाले जानकारी दिएका छन् ।
दुर्घटनास्थलमा उद्धार कार्य जारी छ । मृतकको संख्या बढ्नसक्ने स्थानीय प्रहरी अधिकारीहरुले बताएका छन् । घाइतेहरुको नजिकैका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटर मार्फत दुर्घटनामा दुख व्यक्त गर्दै शोकाकुल परिवार प्रति संवेदना जनाएका छन् ।
Anguished beyond words on the loss of lives due to the derailing of the Patna-Indore express. My thoughts are with the bereaved families.
— Narendra Modi (@narendramodi) November 20, 2016