सांसदहरुको गुनासो: पुनर्निर्माणको काम प्रभावकारी भएन

सांसदहरुको गुनासो: पुनर्निर्माणको काम प्रभावकारी भएन

काठमाडौं: व्यवस्थापिका संसद्को बैठकको शून्य समयमा सांसदले ‘गोरखा भूकम्प’ गएको लामो समय भए पनि वास्तविक भूकम्पपीडितले हालसम्म राहत नपाएको तर नक्कली भूकम्पपीडितले पाएको र कर्मचारी गाउँ नजाँदा पीडितले राहत पाउन मुस्किल भएको गुनासो गरेका छन्।

तत्काल पीडित बस्तीमा कर्मचारी पठाएर पुनःलगत सङ्कलन गर्न उनीहरुले सरकारको ध्यानाकर्षण गराए। पहिलो किस्ता बापतको रकम समेत पीडितले नपाएको भन्दै उनीहरुले पुनःनिर्माणको काम कारबाही प्रभावकारी हुन नसकेको दुखेसो पोखेका हुन्।

यस्तै भारत सरकारले भारु पाँच सय र एक हजारमा प्रतिबन्ध लगाएपछि त्यसले नेपाली बजारमा समेत प्रभाव पारेकाले तत्काल समस्या समाधान गनुपर्नेमा उनीहरुले जोड दिए।

उनीहरुले चिनियाँ लगानीमा कोटेश्वर–कलङ्की सडक खण्ड निर्माणमा भइरहेको ढिलाइका कारण स्थानीयवासी प्रभावित भएको र धुलोका कारण सहज रुपमा जीवनयापन गर्न समेत कठिनाइ भएको बताउँदै विभागीय मन्त्रीलाई स्थलगत अवलोकनमा जान आग्रह गरे।

यसरी धारणा राख्नेमा श्यामकुमार श्रेष्ठ (रामेछाप), सुशीला नेपाल, सकलदेव सुतिहार, सीता नेपाली, सुरेन्द्रराज आचार्य, ज्ञानकुमारी छन्त्याललगायत थिए।रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.