सांसदको तलब भत्ता बढ्यो, मासिक ८० हजार भन्दा बढी पाउने

सांसदको तलब भत्ता बढ्यो,  मासिक ८० हजार भन्दा बढी पाउने

काठमाडौंः सांसदहरुको तलब भत्ता व्यापक वृद्धि भएको छ। व्यवस्थापिका संसदको बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक संशोधनसहित पारित गरेपछि सांसदहरुको तलब भत्ता बढेको हो।

आइतबार बसेको संसदको बैठकले विधेयक संशोधनसहित बहुमतले पारित गरेसँगै सांसदहरुले मासिक पारिश्रमिक वापत ५५ हजार २ सय ३० रुपैयाँ पाउनेछन्। सांसदहरूको आवास भत्ता ६ हजार पाँच सयबाट १८ हजार पुर्‍याइएको छ। स्वकीय सचिवमा कार्यकर्ता राख्ने प्रचलन छ। तिनको तलब पनि २४ हजार चार सयबाट ३० हजार पाँच सय हुनेछ।

सांसदहरुले सांसदहरूले अब बैठक भत्ता दुई सयबाट एक हजार रुपैयाँ, यातायात एक सय ५० बाट एक हजार, प्रत्येक दिन भ्रमणवापत दुई हजार पाँच सय, यात्रा बिमा १० लाख, मृत्यु भएमा दुई लाख र अशक्त भएमा ५० हजार रकम पाउनेछन् ।

यसैगरी सभामुखले अहिले नियमित मासिक ९७ हजार तीन सय २० पाउँदै आएकोमा अब १०१,५०५ पाउनेछन्। भ्रमण भत्ता प्रत्येक दिन तीन हजार र अन्य सुविधामा व्यापक बढोत्तरी गरिएको छ।

संसद्मा प्रमुख विपक्षी दलका नेताले पनि अब उप्रान्त पारि श्रमिक ६० हजार ९ सय ७०, आवास २५ हजार ६ सय आठ, सचिवालय, सञ्चार सुविधा, महँगी भत्तालगायत गरी मासिक ९४ हजार तीन सय २८ अतिरिक्त प्रत्येक दिनको भ्रमण भत्ता दुई हजार पाँच सय रुपैयाँ सुविधा राज्यकोषबाट पाउनेछन् ।

 

कसको तलब भत्ता कति भयो ?

sallary-of-samsad


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.