आवाज नआउने एरोक्वाइट सिलिङ फेन नेपाली बजारमा

आवाज नआउने एरोक्वाइट सिलिङ फेन नेपाली बजारमा

काठमाडौं: भारतकै चर्चित बहुराष्ट्रिय कम्पनी बिरला ग्रुप अन्तर्गत सिके बिरला ग्रुपले नेपालमा आफ्नो बजार थप विस्तार गरेको छ।

बिभिन्न समूहमा गरी १.६ अर्ब अमेरिकी डलर लगानी गरेको बिरला ग्रुपको ओरियन्ट इलेक्ट्रिकले आवाज नआउने र प्रचुर हावा दिने क्षमता भएको एरोक्वाइट सिलिङ फेन नेपालमा सार्वजनिक गरेको छ।

कम्पनीले एरियो शृंखलामा पहिलो पटक छुट्टै प्रकारको असाधारण क्षमता भएको प्रिमियम सिलिङ फेन तयार पारेको हो।यसका लागि शक्तिशाली मोटर अनि एरो डायनामिक डिजाइन गरिएको छ।

काठमाडौंको भृकुटीमण्डपमा जारी इलेक्ट्रो-टेक २०१६ मा एक विशेष कार्यक्रमको आयोजना गरीयो फेन नेपालमा पहिलो पटक अनावरण गरिएको हो।

अनावरण कार्यक्रममा फेनको विषयमाथि  बोल्दै हेड इन्टरलेशनल सेल्स, ओरियन्ट इलेक्ट्रिकका दुर्गेश बक्सीले एरोक्वाइट सिलिङ फेनको नयाँ सिरिज नेपाली बजारमा ल्याउन पाएकोमा अत्यान्त उत्साहित भएको बताए।

 एरोक्वाइटले ज्ञानी अनि शक्ति शम्पन्न ग्राहकहरूलाई लक्षित गरेको उनले बताए। हेड ब्राण्ड एवम् कर्पोरेटिभ कम्युनिकेशन ओरियन्ट इलेक्ट्रिकका अंशुबन चक्रवर्तीलेफेनको सर्वप्रीय उत्पादक एवम् विशेषज्ञ भएको दाबी गर्दै भने, ‘नेपाल हाम्रो निम्ति महत्वपूर्ण बजार रहेको छ। जहाँ ५० प्रतिशतभन्दा धेरै शेयर एक्सपोर्ट गरिएको छ। इलेक्ट्रो टेक २०१६ को हामी एउटा अंग हुन पाएकोमा गर्भ गर्छौ।’

उनले नेपालमा यो सर्वबृहत इलेक्ट्रोनिक प्रदर्शनीबाट एरोक्वाइटको लञ्चसहित यसले यस देशमा पहिलो पाइला टेकेको बताए। ओरियन्ट एरोक्वाइटसँग १२०० एमएम स्विप अनि सय प्रतिशत खियारहित ब्लेड उच्चस्तरको काँचद्वारा निर्मित छ। ब्लेडलाई दह्रो बनाउन यसमा एबिएसको मिश्रण गरिएको छ। स्मुथ अनि शान्त सञ्चालनको निम्ति १८ पोल ठूलो मोटरसहित डबल बल बेयरिङको प्रयोग गरिएको छ।

ओरियन्ट उत्पादनहरू नेपालमा प्रिमियर ओभरसिज प्रा.लि. काठमाडौंद्वारा वितरण गरिदैछ।

यसको बजार मूल्य १२ सय देखि १५ हजाररूपैयाँसम्म पर्छ।

के हो ओरियन्ट इलेक्ट्रोनिक्स

ओरियन्ट इलेक्ट्रोनिक्स १.६ बिलियन अमेरिकी डलरको लगानीमा बनेको  सिके बिरला ग्रुप भारतको एउटा अंग हो।

ओरियन्ट भारतमा हाउसहोल्ड नाम बनेको छ। ओरियन्ट फेन इन्डस्ट्रिज भारतमा ६० वर्षदेखि सञ्चालनमा छ। भारतमा यसको मूल रूपमा उत्पादन सुविधा भए पनि यसको सञ्चालन लगभग विश्वका विभिन्न ३५ देशहरूमा हुन्छ। यो ब्राण्डले इनोभेटिभ साथै उच्चकोटीको उत्पादन प्रदान गर्दै करौडौं ग्राहकहरूमा विश्वसनीयता कायम गरेको छ। यसले फेन मात्र उपलब्ध नगराएर एप्लाइन्स, लाइटिङ अनि स्वीच गियर पनि उपलब्ध गराउँछ। ओरियन्ट इलेक्ट्रिक इलेक्ट्री सोलुसनको क्षेत्रमा वान स्टोभ सोलुसन प्रोभाइडरको रूपमा आफ्नो बजार बनाएको छ।

सीके बिरला

भारतकै उत्कृष्ट बहुराष्ट्रिय कम्पनी सीके बिरला ग्रुप १.६ बिलियन अमेरिकी डलको लगानीमा सञ्चालित छ। यसले म्याग्निफ्याक्टरिङ इन्जिनियरिङ, टेक्नोलोजी, हस्पिटल र शिक्षाको क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाइसकेको छ। यसमा २० हजारभन्दा धेरै कर्मचारीहरू कार्यरत छन्। ३०वटा म्याग्नीफ्याक्टरिङ  फेसिलिटिज अनि ग्राहकमा आधारित कतिपय विश्वका प्रख्यात कम्पनी पनि समावेश छन्। सीके बिरला ग्रुपको बजार बिस्तार पाँच वटा कन्टिनेन्टमा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.