महिन्द्राको कृषि विशेषज्ञ ट्रयाक्टर बजारमा

महिन्द्राको कृषि विशेषज्ञ ट्रयाक्टर बजारमा

काठमाडौं ः महिन्द्रा एन्ड महिन्द्रा ग्रुपको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि ग्रुपअन्तर्गत रहेको अग्नि इन्कर्पाेरेटेड प्रालिले आइतबार युवो ट्रयाक्टरको नयाँ रेन्ज सार्वजानिक गरेको छ । ३०–४५ हर्सपावर सेग्मेन्टमा सबैभन्दा उत्कृष्ट टेक्नोलोजीका साथ उक्त ट्रयाक्टरले अझ धेरै कभरेज, छिटोे अपरेसन तथा उत्कृष्ट कार्यक्षमता प्रस्तुत गर्ने कम्पनीले जनाएको छ ।

नयाँ प्रविधिमा निमार्ण गरिएको उक्त ट्रयाक्टर १२ फर्वाड र तीन रिभर्स फुल कन्स्ट्यान्ट–मेस गियरबक्सकासाथ उपलब्ध छ । ३० भन्दा बढी कृषि अनुप्रयोगका लागि प्रयोगमा ल्याउन सकिने युवोको उन्नत टेक्नोलोजीले कृषकका विभिन्न प्रयोजन पूरा गर्न सक्नेछ ।

कार्यक्रममा बोल्दै भाइस प्रेसिडेन्ट हेड अफ इन्टरनेसनल अपरेसन महिन्द्रा एन्ड महिन्द्राका सञ्जय जादवले महिन्द्रा भोल्युमको आधारमा विश्वकै नम्बरवान ट्रयाक्टर ब्रान्ड हो जसले कृषकका लागि नवीनतम टेक्नोलोजीका कृषिजन्य उपकरण बजारमा ल्याउन प्रतिबद्ध रहेको बताए ।

उनले युवोको डिजाइन संसारभरिका कृषकका आवश्यकतालाई ध्यानमा राख्दै गरिएको बताए । इन्जिन तथा ट्रान्समिसनको लागि महिन्द्रा जेनुइन आयल, एम–स्टारले बढी ड्रेन पिरियडका साथ खर्च कम गर्ने र ट्रयाक्टरको लाइफ र पर्पmमेन्स बढाउने बताइएको छ । यी उत्पादनले नेपाली कृषकलाई सशक्तिकरण गरी उत्पादकत्व बढाउने महिन्द्राको प्रतिबद्धता रहेको उनले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.