कार्बोनेटेड ड्रिंक बजारमा
काठमाडौं ः डाबर नेपालले फ्रुट जुसमा आधारित कार्बानेटेड ड्रिंक बजारमा ल्याएको छ । यो सँगै कम्पनीले आफ्नो फ्रुट जुस ब्रान्ड रियलको वृद्धि गरी कार्बोनेटेड ड्रिंकको दुनियाँमा उपस्थिती जनाएको छ ।
यसको नयाँ उत्पादन ‘भोलो’ लाई क्यानबेरी, ब्लुबेरी तथा गे्रप, ब्ल्याक करेन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । दुई सय ५० मिलिलिटरको क्यानमा उपलब्ध भोलोको मूल्य एक सय रुपैयाँ तोकिएको छ ।
कम्पनीका अनुसार भोलोको सार्वजनिकपछि हामीले रियल ब्रान्डको वृद्धि र उपभोक्ताको रोजाइमा बढोत्तरी गर्ने लक्ष्य राखिएको छ । बजारमा उपलब्ध कार्बोनेटेड ड्रिंकभन्दा भिन्नै फलपूmलको गुण रहेकाले बढी पौष्टिकता पाइने कम्पनीको दाबी छ ।