मोटरको ठक्करबाट एकको मृत्यु

मोटरको ठक्करबाट एकको मृत्यु

रसुवाः मोटरको ठक्करबाट आज रसुवामा एक व्यक्तिको मृत्यु भएको छ ।

प्रहरी निरीक्षक प्रमेश विष्टका अनुसार मृत्यु हुनेमा डाँडागाउँ गाविस वडा नं ९ घर भई हाल भूकम्पबाट विस्थापितहरुलाई राखिएको लहरेपौवामा बस्दै आएका ३० वर्षीय आइतराम तामाङ रहेका छन् ।

कालिकास्थानमा रोकिराखेको मोटरमा टाउको ठोक्किएपछि घाइते भएका तामाङलाई त्रिशूली अस्पताल, नुवाकोटमा पु¥याइएको थियो । अस्पताल ल्याई पुर्‍याउनु अघि नै तामाङको मृत्यु भइसकेको अस्पतालका डा राजु शाक्यले बताए ।


पासाङ ल्हामु समितिबाट सञ्चालित बा४ख ५८८८ नंको बसबाट यात्रा गरिरहेका तामाङको टाउको साँघुरो बाटोमा पार्किङ गरिरहेको अर्को कन्टेनर ट्रकमा ठोक्किएको थियो । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.