एक लाख रुपैयाँ घुससहित नापी कार्यालयका कर्मचारी पक्राउ
काठमाडौं: नापी कार्यालय जलेश्वरका अमिन सन्तोष कुमार महासेठ एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बर्दिबासका निमित्त प्रमुख डिएसपी राजकुमार लम्सालको टोलीले महासेठलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो।
सेवाग्राहीसँंग घुस लिएर गाडी चढ्ने क्रममा महासेठ पक्राउ परेका हुन्। अंशवण्डाको विषयमा कित्ता काटका लागि साढे तीन लाख रुपैयाँ घुस मागेका महासेठ अन्तिममा आइतबार डेढ लाख रुपैयाँमा सहमत भएका थिए।
सेवाग्राहीले आइतबार ५० हजार बुझाएका महासेठलाई सोमबार एक लाख रुपैयाँ बुझाएका थिए। महासेठले घुस मागेको जानकारी सेवाग्राहीले अख्तियारलाई दिएका थिए।
प्रतिक्रिया दिनुहोस !
४