खाद्यान्न माग गर्दै ज्ञापनपत्र

खाद्यान्न माग गर्दै ज्ञापनपत्र

हुम्लाः कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत जिल्लाका दक्षिणी भेगका नौ गाविसका प्रतिनिधिले गत वर्ष आफूले पाउनुपर्ने ३१ क्विन्टल चामल प्राप्त नभएको गुनासो गर्दै आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र दिएका छन् ।

मुगुको सिमानामा पर्ने दक्षिणी भेगका ती जनताले गत वर्ष सो कार्यक्रमअन्तर्गत बङ्गलादेशबाट प्राप्त हुनुपर्ने चामल पाएका थिएनन् । गत वर्ष उनीहरुले चार क्विन्टल ३१ केजी चामल मात्रै पाएको बताइएको छ ।

ती जनताले केहीबेर जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए ।

रोडीकोट–४ का कृषक रामबहादुर ऐडी नेतृत्वको प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै प्रजिअ डा कृष्णबहादुर घिमिरेले खाद्यान्न ढुवानीका लागि गृह र आपूर्ति मन्त्रालयमा आजै जिप्रकाले पत्राचार गरेको जानकारी दिए । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.