नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छः गृहमन्त्री निधि

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छः गृहमन्त्री निधि

काठमाडौंः उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध भएको बताएका छन्।

गृह मन्त्रालयमा सोमबार चिनियाँ राजदूत यू होङबीच भएको भेटवार्तामा उपप्रधान तथा गृहमन्त्री निधिले नेपाली भूमिमा चीन विरोधी गतिविधि हुन नदिने प्रतिबद्धता जनाएका हुन्। भेटमा उपप्रधानमन्त्री निधि र राजदूत होङबीच सुरक्षा, आर्थिक विकास लगायतका विषयमा छलफल भएको थियो।

राजदूत यूसँगको भेटमा गृहमन्त्री निधिले नेपालको विकासमा चीन सरकारले उपलब्ध गराउँदै आएको सहयोग र सद्भावप्रति आभार प्रकट गरेको गृहमन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए।

दाहालका अनुसार भेटमा राजदूत होङले नेपालको विकास र समृद्धिमा चीन सरकारको तर्फबाट भइरहेको सहयोग निरन्तर जारी रहने प्रतिबद्धता जनाएकी थिइन्।

उनले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध थप उचाइमा पु¥याउने विश्वास पनि गृहमन्त्री निधिलाई दिलाएकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.