अस्ट्रेलियाले ट्रम्पलाई सबैखाले सहयोग गर्ने

अस्ट्रेलियाले ट्रम्पलाई सबैखाले सहयोग गर्ने

क्यानवेर्रा: नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अस्ट्रेलियाले हरतरहबाट अमेरिकालाई सघाउने तयारी गरेको अस्ट्रेलियाका प्रधानमन्त्री माल्कोम टर्नबुलले बताएका छन्।

निवर्तमान राष्ट्रपति बाराक ओबामा र नवनिर्वाचित डोनाल्ड ट्रम्पबीच राज्यशक्ति हस्तान्तरण भई नसकेको पूर्वसन्ध्यामा प्रधानमन्त्री टर्नबुलको यो अभिव्यक्ति आएको हो।

पेरुको राजधानी लिमामा एसिया तथा प्रशान्त महासागरीय राष्ट्रहरुबीच आर्थिक सहयोग (एपेक) सम्मेलन सन् २०१६ मा भाग लिन गएका प्रधानमन्त्री टर्नबुलले सञ्चार माध्यमलाई सम्बोधन गर्दै अमेरिका र अस्ट्रेलियाबीच कायम रहेको वर्षौँदेखिको सम्बन्धले राष्ट्रपति ट्रम्पको कार्यकालमा एक नयाँ अध्याय र नौलो आयामबाट पुनर्जिवन पाउने बताएका हुन्।

अस्ट्रेलियाली जनताहरुले अपेक्षा गरेकाले प्रधानमन्त्रीको पदमा रहुन्जेल विश्वभर अमेरिकी राजनीति सफल पार्न आफ्नो सरकारले हरसम्भव प्रयत्न गर्ने तयारी गरेको पनि बताए। ‘राष्ट्रपति ओबामा चाहानु हुन्छ , नवनिर्वाचित राष्ट्रपति ट्रम्पले राम्रो गर्नु होस्, अमेरिकाले राम्रो गरौस् र अमेरिका सफल रहोस् भन्ने धारणाले नै नवनिर्वाचित राष्ट्रपतिलाई समर्थन दिएकाले हाम्री सबैले पनि ट्रम्पलाई समर्थन गर्नुपर्छ,' प्रधानमन्त्री टर्नबुलले एक पत्रकार सम्मेलनमा भने।

‘हाम्री संयुक्त राष्ट्र अमेरिकाको राम्रो चाहान्छौ र त्यहाँको राष्ट्रपतिको. पनि राम्रो चाहान्छाैं, त्यसकारण नवनिर्वाचित राष्ट्रपतिलाई समर्थनको लागि हरसम्भव प्रयास गर्ने छाैं, ’ प्रधानमन्त्री टर्नबुलले भने। रासस /एएफपी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.