माइक्रोबसको ठक्करले चालकको मृत्यु

माइक्रोबसको ठक्करले चालकको मृत्यु

भक्तपुरः भक्तपुरको गठ्ठाघरमा बा१ज ९५३६ नंको माइक्रोबसले आज बा२ज १५४७ नंको ट्याक्सीलाई ठक्कर दिँदा ट्याक्सी चालकको मृत्यु भएको छ ।

दुर्घटनामा ट्याक्सी चालक भीमेश्वर नगरपालिका–३ दोलखाका ३३ वर्षीय दिनेश केसीको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी प्रभाग गठ्ठाघरका प्रमुख वसन्त खातीले जानकारी दिए ।

दुर्घटनामा परेर माइक्रोबसमा सवार आठ जना घाइते भएकामा चार जना उपचारपछि घर फर्केको र अन्य चार जनाको नागरिक अस्पताल गठ्ठाघर र मध्यपुर अस्पताल थिमीमा उपचार भइरहेको छ । माइक्रोबस चालक भने फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दुई पक्राउ
गत साउन ६ गते राति दुई जनालाई खुकुरी प्रहार गरेर घाइते बनाई फरार भएका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–५ बस्ने १८ वर्षीय खम्पा भनिने किसन ठुसा र काभ्रेपलाञ्चोक सस्र्युँखर्क–२ स्थायी घर भई हाल भक्तपुर–१० बस्ने १८ वर्षीय सुनिल तामाङ छन् ।

भक्तपुर नपा–४ महालक्ष्मी स्थान बस्ने २१ वर्षीय किरण सिमाछ्वा र सोही ठाउँ बस्ने १८ वर्षीय सुरज मारिखुलाई खुकुरी प्रहार गरी घाइते बनाई फरार रहेका उनीहरुलाई प्रहरीले भक्तपुर– ४ कमलविनायकबाट पक्राउ गरेको हो ।

अभियुक्तलाई ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धानका लागि म्याद थप गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.