सय महिलाको सूचीमा पूर्वकुमारी

सय महिलाको सूचीमा पूर्वकुमारी

ललितपुरः १० वर्ष कुमारी बसेर सन् २०१० मा निस्किएपछि शिक्षाको महत्वका बारेमा बोल्दै आएकी छन्, पाटनकी पूर्वकुमारी चनिरा वज्राचार्यले । बीबीसीले गरेको सन् २०१६ को सय महिलाको सूचीमा उनको पनि नाम परेको छ । वज्राचार्यका अनुसार उनले केही समयपहिला बीबीसीलाई कुमारीको जीवनका बारेमा अन्तर्वार्ता दिएकी थिइन्: जुन अन्तर्वार्तामा उनले कुमारीहरूको चाहना, रुचि र शिक्षाका बारेमा बोलेकी थिइन् ।

२१ वर्षीया वज्राचार्य सन् २००० देखि २०१० सम्म कुमारीघरमा बसेकी थिइन् । कुमारी जीवनमा भोगेका समस्या केकस्ता हुन्छन् भन्ने कुरा उनले त्यहाँबाट निस्केपछि बताउने गरेकी छन् । कुमारी बस्दाको समयमा उनीहरूलाई आइपर्ने शैक्षिक समस्याका बारेमा उनले अन्तर्वार्तामा प्रस्ट बताएको बताइन् ।

पूर्वकुमारीको एउटा समूह बनाएर उनीहरूलाई शिक्षा र परामर्श दिने परम्परालाई कसरी जोगाउन सकिन्छ भनेर सरसल्लाह गर्दै आएको उनको भनाइ छ । ‘कुमारीलाई सामान्य जीवनमा फर्काउन केकस्ता काम गर्नुपर्छ भन्ने कुरामा केन्द्रित छु’, उनी भन्छिन्, ‘सरकारले सहयोग नगर्दा उनीहरू शिक्षाबाट वञ्चित हुन नपरोस् ।’

वज्राचार्यका अनुसार कुमारी बन्दा शिक्षक खोज्ने, उनीहरूलाई तलब खुवाउने कुरामा पनि समस्या छ । ‘यस्ता समस्याले कुमारी परम्परालाई ओझेलमा पार्नसक्छ । कुमारीका अभिभावकलाई तनाव उत्पन्न हुनसक्छ’, वज्राचार्यले भनिन् ।

कुमारी परम्परा जोगाएर राख्नुपर्छ तर विभिन्न समस्याका कारण कुमारी बन्न आउनेको संख्यामा कमी भएको उनको भनाइ छ । आफू पढेको ‘भास्वारा स्कुल’ पाटनमा पढाउँदै आएकी उनी एक सातापछि हुने दीक्षान्त समारोहको पर्खाइमा छिन् । उनले छात्रवृत्तिमा काठमाडौं विश्वविद्यालयबाट बीबीए पूरा गरेकी छन् ।

आमाको कारणबाट कुमारी बस्दा आफूले अध्ययन गर्न पाएको उनको ठहर छ । शिक्षा ग्रहण गर्न पाउने आफू पहिलो कुमारी भएको उनको भनाइ छ । प्रचलनअनुसार कुमारीलाई अरूसँग बोल्न प्रतिबन्ध लगाइएको हुन्छ । तर, सामान्य जीवनमा फर्केपछि कुमारीका लागि समस्या हुने भन्दै उनले आमाले पढ्न पाउनुपर्ने माग राखेको उनले बताइन् ।

कुमारीलाई सामान्य जीवनमा फर्काउन केकस्ता काम गर्नुपर्छ भन्ने कुरामा केन्द्रित छु । सरकारको सहयोग नहुँदा उनीहरु शिक्षाबाट वञ्चित हुन नपरोस् ।

उनको पालामा दुईजना शिक्षकको व्यवस्था गरिएको थियो । कुमारी प्रथाअनुसार उनी कुमारीका रूपमा रहँदा मासिक पन्ध्र सय रुपैयाँ दिइन्थ्यो । तर, कुमारीको पालनपोषण र शिक्षाका लागि त्यो रकम पर्याप्त नहुने चनिराको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.