टाटाको ग्लोबल सर्भिस क्याम्प
काठमाडौंः संसारभरिका सम्पूर्ण ग्राहकलाई उच्चकोटिको सेवा प्रदान गर्ने उद्देश्यले टाटा मोटर्सले सबै डिलर, डिष्ट्रिब्युटर तथा आधिकारिक सर्भिस सेन्टरमा एकैसाथ ग्लोबल सर्भिस क्याम्पको आयोजना गरेको छ । उक्त अवसरमा सिप्रदी टेडिङ प्रालिले नेपालभरिका २४ वटै सर्भिस सेन्टरमा सोमबारदेखि ग्लोबल सभिस क्याम्प सुरु गरेको छ ।
टाटा मोटर्सका विशिष्ट ग्राहक, टाटा मोटर्स र सिप्रदी कम्पनीका उच्च पदाधिकारीले क्याम्पको उद्घाटन गरेका छन् । सोमबारदेखि सुरु भएको उक्त क्याम्प बुघबारसम्म सञ्चालन हुनेछ । क्याम्पमा टाटा कमर्सियल गाडिको निःशुल्क सर्भिसका साथै अन्य विविध कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार क्याम्पमा निःशुल्क सर्भिस, ब्याट्री तथा इलेक्ट्रिकल चेकअप, फ्यूल इन्जेक्सन, पम्प चेकअप, आखाँको सामान्य चेकजाँच तथा स्वास्थ्य परीक्षण, चालकका लागि तालिम र एचआईभी एड्स जनचेतना कार्यक्रम प्रदान गरिनेछ ।
साथै म्याक लुब्रिकेन्ट्समा २० प्रतिशत, टाटा जेन्युइन स्पेयर पार्ट्समा १० प्रतिशत छुटको व्यवस्था गरिएको जनाएको छ । तीन दिनसम्म चल्ने उक्त क्याम्पमा तीन हजारभन्दा बढी गाडिको सर्भिस गरी ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्ने उद्देश्य राखिएको छ ।