यामाहाका विजेतालाई जापान भ्रमण गराइदै

यामाहाका विजेतालाई जापान भ्रमण गराइदै

काठमाडौः यामाहा मोटरसाइकल तथा स्कुटरका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले दसैं अफर ‘टेक्नो ट्रिप टु टोकियो’ का १० जना साप्ताहिक विजेतालाई जापान लैजाने भएको छ ।

आइतबार गरिएको लकी ड्रबाट शशीराम विक दसौं तथा यो योजनाका अन्तिम विजेता घोषित भएका हुन् । उनले सुर्खेतस्थित डेनिस अटो सप एन्ड सप्लायरबाट १५० सीसीको एजजीआरआर खरिद गरेका थिए ।

यसअघि पुकार शर्मा, रवि भोमी, आशिष भुजेल, अरुण फुँयाल, धु्रवप्रसाद बेल्बासे, रतिराम चौधरी, चित्रबहादुर श्रेष्ठ, मनोजकुमार शर्मा र मीनादेवी पौडेलले यामाहाको जापान भ्रमणमा जाने अफर जितेका थिए । यो योजनाअन्तर्गत यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने हरेक ग्राहकले आठ हजार रुपैयाँ नगद छुटसमेत पाएका थिए ।

भाग्यशाली विजेताले टोकियोस्थित यामाहाको कम्युनिकेसन प्लाजा, प्लान्ट र अन्य पर्यटकीय क्षेत्रको अवलोकन गर्ने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.