बैंकर रविनालाई अन्तर्राष्ट्रिय अवार्ड
काठमाडौंः मेगा बैंकका नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठले कोरियामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेकी छिन् । एसिया मेडिकल एस्थेटिक कंग्रेसको अवसरमा उनलाई ‘एसिया टप ब्रान्ड मास्टर ग्रान्ड अवार्ड' प्रदान गरिएको हो ।
बैंकिङ क्षेत्रसँगै देशको आर्थिक विकास, मानवीय तथा सामाजिक कार्यमा विशेष योगदान पुर्याएका कारण श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । श्रेष्ठले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा थप सक्रिय रहन अवार्डले थप प्रोत्साहित गरेको बताएकी छिन् ।
यसअघि पनि उनले सिंगापुरबाट ‘लेडी अफ एक्सिलेन्स अवार्ड', मलेसियाबाट ‘२१ औं शताब्दी गोल्डेन फोनिक्स अवार्ड' जितेकी थिइन् । यसैगरि अमेरिकाको किंग्स विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिथीको उपाधि दिएको थियो । अवार्ड विजेता श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंक नेपाल लिमिटेडको नायब महाप्रबन्धक रहेकी छिन् ।