स्वास्थ्य मन्त्री थापाले पहिलो महिनाको तलव कान्ति बाल अस्पताललाई दिए
काठमाडौंः स्वास्थ्य मन्त्री गगनकुमार थापाले आफ्नो पहिलो महिनाको तवल कान्ति बाल अस्पतालमा रहेको आंकोलोजी कोषमा जम्मा गरिदिएका छन्।
मन्त्री भएपछि अस्पतालहरुको निरीक्षण गर्ने क्रममा सवैभन्दा पहिला कान्ति बाल अस्पताल पुगेका थापाले त्यहाँ उपचाररत बालबालिकको उपचारका लागि कोषलाई सहयोग गर्ने घोषणा गरेका थिए।
सोही अनुरुप मन्त्री थापाले सोमबार पहिलो महिनाको रकम हस्तान्तरण गरेको उनको निजी सचिवालयले जनाएको छ।उनले अस्पतालमा उपचार गर्न आउने सवैलाई आर्थिक विपन्नहरुलाई सहयोगका लागि कोषमा आफुले सक्दो सहयोग रकम जम्मा गर्न आह्वान गरेका छन्।
अस्पतालमा क्यान्सर पीडित विपन्न परिवारका बालबालिकालाई सहयोगका लागि स्थापना भएको अंकोलोजी कोषलाई आर्थिक अभावका कारण कुनै पनि नेपालीले गुणस्तरीय स्वास्थ्य सेवाबाट बञ्चित हुनु पर्ने छैन भन्ने भावनाका साथ सशक्त बनाउन निर्देशन दिएका थिए।