सोल्टी होटेलमा केक मिक्सिङ
काठमाडौः सोल्टी होटेलले आगामी क्रिसमका लागि तयार बनाउने केकलाई मंगलबार मिक्सिङ गरेको छ ।
होटेलले एक कार्यक्रम गरेरै केक मिक्सिङ गरेको सोल्टी होटेलकी सहायक बजार तथा जनसम्पर्क प्रबन्धक अनुपमा आचार्य महर्जनले जानकारी दिइन् । उनका अनुसार होटेलका कार्यकारी सेफ युवराज पोखरेल आफैं सहभागी भएर केक मिक्सिङ गरिएको हो ।
केक मिक्सिङ गर्दै पोखरेलले भने, ‘केक परम्परागत शैलीबाट मिक्सिङ गरेर तयार पारिने र यसको तयारीले नै फेस्टिभ मुड दिने उल्लेख छ । होटेलका अनुसार आगामी क्रिसमसलाई दृष्टिगत गरेर तयारी पारिएको यस्तो केकको महत्व नै फरक हुन्छ ।