हिरोले भित्र्यायो ‘स्मार्ट बाइक'

   हिरोले भित्र्यायो ‘स्मार्ट बाइक'

काठमाडौंः नेपालको दुई पांग्रे बजारमा तीनवटा नयाँ मोडल प्रवेश गरेका छन् । हिरो मोटोकर्पले तीनवटा स्मार्ट बाइक भिœयाएको हो । नयाँ मोडल स्प्लेन्डर आईस्मार्ट–११०, न्यु अचिभर–१५० र नयाँ सुपर स्प्लेन्डर-१२५ हुन् । सोमबार काठमाडौंमा भव्य समारोहबीच तीनवटा मोडल सार्वजनिक गरियो । नेपाल जनरल मार्केटिङ (एनजीएम)ले नेपालमा हिरो बाइक तथा स्कुटर बिक्री गर्दै आएको छ ।

तीनवटै मोडलमा आईथ्रीएस प्रविधि प्रयोग गरिएको छ । यो प्रविधियुक्त बाइक स्टार्ट गरेर नचलाई न्युटलमा राखेको पाँच सेकेन्डमा आफैं अफ हुने र क्लच लिएपछि स्टार्ट हुने हुन्छ । एकछिन बाइक रोकर कुदाउँदा इञ्जिन ‘अन अफ' गरिरहनुपर्ने झन्झट हुँदैन । ट्राफिक जाममा बाइक कुदाउन सजिलो हुन्छ । यसअघि नेपाल भित्रिएको सय सिसीको स्प्लेन्डर आईस्मार्ट बाइकले ग्राहकको विश्वास जित्न सकेको थियो । यसैको नयाँ भर्सन स्प्लेन्डर आइस्मार्ट–११० भित्रिएको छ ।

नयाँ मोडलले पनि नेपालीको विश्वास जित्ने एनजीएमका अध्यक्ष अभिक ज्योतिले बताए । नेपालमा हिरो बाइक र स्कुटर लोकप्रिय छन् । कम्पनीले पनि ग्राहकको मागअनुसारका मोडल प्रस्तुत गरिरहेको छ । हिरोका उत्पादन भरपर्दो, युवा ऊर्जायुक्त र प्रभावकारी रहेको कम्पनीको दाबी छ । कम्पनीले युवादेखि बुढासम्म सबैलाई सुहाउने बाइक ल्याएको छ ।

स्प्लेन्डर आईस्मार्ट

स्प्लेन्डर आइस्मार्ट-११० भारतको जयपुरस्थित हिरोको सेन्टर अभ इनोभेसन टेक्नोलोजीमा डिजाइन गरेर बनाइएको पहिलो बाइक हो । यो बाइकमा नयाँ चेसिस र फ्रेम प्रयोग गरिएको छ । यो बाइक इन्धन किफायती पनि छ । यसमा नयाँ बीएस-४ मापदण्डको ११० सीसी टर्क अन डिमान्ड (टर्क इञ्जिन), फोर स्ट्रोक, एयरकुल्ड इञ्जिनलगायतका विशेषता छन् । यो बाइक ७.४५ सेकेन्डमा शून्यबाट ६० किमि प्रतिघन्टाको गतिमा कुदन सक्ने कम्पनीको दाबी छ ।

बाइकको इञ्जिनमा आईथ्रीएस प्रविधि जडान गरिएको छ । बाइकको सिट लामो भएकाले यात्रा सजिलो हुन्छ । नयाँ स्पिडोमिटर नयाँ विशेषता हो । यसमा रहेको सर्भिस ड्यु इन्डिकेटरले समय समयमा गर्नुपर्ने बाइकको मर्मत सम्भारबारे सम्झाउँछ । यो बाइक चाँदी र कालो, रातो र कालो, निलो र कालो तथा स्पोर्टस् रेडमा उपलब्ध छ । यसमा ८.५ लिटर क्षमताको इन्धन ट्यांकी छ । यसको मूल्य १ लाख ६६ हजार रुपैयाँ छ ।
विशेषता
मूल्यः १ लाख ६६ हजार
इन्जिनः ११० सीसी
इन्धन ट्यांकीः ८.५ लिटर

न्यु अचिभर

यो बाइक नयाँ पुस्तालाई ध्यानमा राखेर उत्पादन गरिएको हो । यसले उत्कृष्ट शैली र साहसी ढाँचालाई मूर्तरुप दिएको छ । यसको कार्यसम्पादन पनि परिस्कृत छ । १५० सीसी क्षमताको बाइकमा आईथ्रीएस प्रविधि छ । यसमा रहेको बीएस-४ मापदण्डको १५० सीसी टर्क अन डिमान्ड अर्थात टड इन्जिनले बाइक सञ्चालन गर्नेछ । नयाँ युवा पुस्ता लक्षित अचिभर आकर्षक डिजाइनमा छ । बाइकमा सुरक्षा र उपयोगिता सम्बन्धी धेरै विशेषता छन् । यसले उत्कृष्ट यात्राको अनुभूति दिनेछ ।

अचिभर पाँच सेकेन्डमा शून्यबाट ६० किलोमिटर प्रतिघन्टाको दरमा कुद्न सक्छ । बाइकमा नयाँ हेडलाइट, साइड स्टयान्ड इन्डिकेटर, नयाँ किसिमको सिट, ठूलो भाइजर, मोटो फेन्डरलगायतका फिचर छन् । अटोमेटिक हेडल्याम्प अन बाइकको नौलो विशेषता हो ।

यही विशेषताले अँध्यारोमा पनि धेरै परसम्म देख्न सकिन्छ । मधुरो प्रकाशमा पनि चालकलाई सुरक्षित रहन सहयोग गर्छ । डिस्क ब्रेकिङ सिस्टम यसको अर्को विशेषता हो । १३ लिटरको फ्युल ट्यांक, मफ्लर कभर, टेल लाइटले पनि बाइकलाई अझ उत्कृष्ट बनाएको छ । नेपालमा अचिभरको मूल्य दुई लाख तीन हजार रुपैयाँ तोकिएको छ ।

विशेषता
मूल्यः २ लाख ३ हजार
इन्जिनः १५० सीसी
इन्धन ट्यांकीः १३ लिटर

सुपर स्प्लेन्डर

नेपालमा सुपर स्प्लेन्डर लोकप्रिय छ । कम्पनीले सुपर स्प्लेन्डरमा आईथ्रीएस प्रविधि जडान गरेर नयाँ भर्सन ल्याएको छ । यो बाइक इन्धन किफायती छ । सहरी सडकमा यात्रा गर्न सुपर स्प्लिन्डर उत्कृष्ट रहेको कम्पनीको दाबी छ । १२५ सीसी क्षमताको बाइक अप्ठ्यारो सडकमा पनि उत्कृष्ट सन्तुलनका साथ हुँइकिन्छ । यसमा रहेको सर्भिस ड्यु इन्डिकेटरले समय समयमा गर्नुपर्ने मर्मत सम्भारबारे जानकारी गराउँछ ।

सुपर स्प्लिन्डरको बडीमा विभिन्न आकृति कँुदिएको छ । यसले बाइक आकर्षक देखिन्छ । यसमा १३ लिटरको इन्धन ट्यांकी छ । नेपाली बजारमा यसको मूल्य १ लाख ७६ हजार रुपैयाँ तोकिएको छ ।

विशेषता
मूल्यः १ लाख ७६ हजार
इन्जिनः १२५ सीसी
इन्धन ट्यांकीः १३

भारतको नयाँ दिल्लीमा प्रधान कार्यालय रहेको हिरो मोटोकर्पले एसिया, अफ्रिका, दक्षिण र मध्य अमेरिकाका ३४ देशमा आफ्ना उत्पादन बिक्री वितरण गर्दै आएको छ । विदेशी भूमिमा पहिलो पटक कोलम्बियास्थित प्लान्टबाट पनि बाइक उत्पादन सुरु भइसकेको कम्पनीले जनाएको छ ।

हिरोको देशबाहिर दोस्रो कारखाना यही वर्षदेखि बंगलादेशमा सञ्चालन हुँदैछ । भारतमा चारवटा कारखाना सञ्चालनमा छन् । एक वर्षमा यी कारखानाबाट ८० लाख थानभन्दा बढी हिरो बाइक तथा स्कुटर उत्पादन हुन्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.