राप्रपाको बैठकमा समसामयिक राजनीतिबारे छलफल

राप्रपाको बैठकमा समसामयिक राजनीतिबारे छलफल

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समितिले आफ्नो आधिकारिक धारणा भोली सार्वजनिक गर्ने भएको छ ।

पार्टी एकीकरणपछि पार्टीको दृष्टिकोणबारे बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराउने भएको हो । बुधबार सम्पन्न भएको बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थितीबारे छलफल भएको थियो ।

त्यस्तै बैठकमा पार्टीको आसन्न महाधिवेशन र स्थानीय निकायका पार्टी समितिको समायोजन र व्यवस्थापनको बारेमासमेत छलफल भएको केन्दीय सदस्य किरण गिरीले जानकारी दिए । गिरीले पार्टीको अर्को बैठक बिहीबार बिहान ९ बजे राप्रपा पार्टी कार्यालय धुम्बाराहीमा बस्ने जानकारी दिए ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बुधबार बैठक बसेको थियो । बैठकमा राष्ट्रिय अध्यक्ष पशुपती सम्शेर जंग बहादुर राणा, वरिष्ठ नेता लोकेन्द्र बहादुर चन्द, नेता डा प्रकाशचन्द्र लोहनी लगायत शिर्ष नेता तथा केन्द्रीय कार्य समितिको सदस्यहरुको सहभागि रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.